default_image

3 years ago

April 13, 2021

पीएसजी र बायर्न भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखको आतिथ्यता गर्दा इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्दैछ । खेलहरु नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ । पहिलो लेगमा […]

31 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

साविक उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले घरेलु मैदानमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखको आतिथ्यता गर्दा इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्दैछ । खेलहरु नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ ।

पहिलो लेगमा ३–२ को अवे जित निकालेको पीएसजीले आफ्नो मैदानमा बायर्नलाई हराउँदै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । पीएसजीलाई फाइनल पुग्न यही नतिजा नै पर्याप्त हुनेछ । १–० को हारले पनि पीएसजी अवे गोलको आधारमा अन्तिम चारमा प्रवेश गर्नेछ । २–० को हारले पीएसजी बाहिरिनेछ ।

टोलीसँग लयमा रहेका युवा फरवार्ड केलियन एमबाप्पेको साथ रहेको छ । यस्तै अर्काे फरवार्ड नेयमार, कप्तान मार्किन्हस, एन्जल डि मारिया, जुलियन ड्राक्सलर, लियान्द्रो ड्यानियल पारेडेस, इड्रिसा गाना गुआई, डियालो, प्रेसनेल किम्पेम्वे, मोइस किन, राफिन्हा, एन्डर हेरेरा, ड्यानिलो पेरेइरा, कोलिन डग्वा र गोलरक्षक केलर नाभास पनि टोलीमा रहेका छन् ।

यता, साविक विजेता बायर्न पनि पीएसजीमाथि पूनरागमन जित निकाल्दै सेमिफाइन्लमा पुग्ने दाउमा हुनेछ । बराबरी र या हारको नतिजा अघिल्लो चरण नपुग्ने बायर्नलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि २–० को जितको खाँचो छ । जित निकाल्न नसकेको अवस्थामा साविक विजेता बायर्न क्वाटरफाइनलबाटै बाहिरिनेछ ।

टोलीका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले खेल्ने सम्भावना न्युन रहँदा बायर्नको आक्रमण फितलो बन्न सक्नेछ । उनी टोलीसँगको प्रशिक्षणमा जुटिसकेका छन् । तर, खेल्ने सम्भावना न्युन छ ।

टोलीसँग इरिक म्याक्सिम चुपो मोटिङ, जमाल मुसिएला, थोमस मुलर, लिरोए साने, जोर्डी अल्वा, योसुवा किम्मिख, अलफन्सो डाभिस, थियो हर्नान्डेज, जेरोमी बोएटिङ, बेन्जामिन पाभर्ड र गोलरक्षक तथा कप्तान म्यानुयल नोयरको साथ रहेको छ । यि दुई टोलीको पछिल्लो पाँच भेटमा तीनपटक बायर्न विजयी हुदा दुई खेल पीएसजीले आफ्नो पक्षमा पारेको छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.