default_image

3 years ago

April 13, 2021

चेल्सीलाई पोर्टाेको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टाेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । चेल्सी र पोर्टाेबीचको खेल सेभियास्थित रोमन सान्चेज पिजुवानमा हुनेछ । पहिलो लेग पनि सेभियामै भएको थियो । चेल्सीले पहिलो लेगमा पाएको २–० को जितलाई निरन्तरता दिदै पोर्टाेलाई पराजित गर्दै […]

26 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टाेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

चेल्सी र पोर्टाेबीचको खेल सेभियास्थित रोमन सान्चेज पिजुवानमा हुनेछ । पहिलो लेग पनि सेभियामै भएको थियो । चेल्सीले पहिलो लेगमा पाएको २–० को जितलाई निरन्तरता दिदै पोर्टाेलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

चेल्सीलाई अन्तिम चारमा प्रवेश गर्न बराबरी या १–० को हार पनि पर्याप्त हुनेछ । तर, चेल्सी जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीसँग ओलिभर जिरुउड, काई हाभर्टन, टिमो वेर्नर, मासन माउन्ट, मार्काेस अलन्सो, माटियो कोभासिस, जर्गिन्हो, रिस जेम्स, एन्टेनियो रुडिगर, कोर्ट जोउमा, सिसर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डी टोलीमा रहेका छन् ।

यता, पोर्टाे पनि चेल्सीलाई स्तब्ध पार्दै अघिल्लो चरणमा पुग्ने दाउमा हुनेछ । प्रि–क्वाटरफाइनलमा इटालियन महारथी युभेन्टसलाई पराजित गर्दै अघि बढेको पोर्टाेलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको आवश्यकता छ । हार अथवा बराबरीको नतिजाले पोर्टाे अन्तिम आठबाट बाहिरिनेछ ।

टोलीसँग मेहेदी तारेमी, मोउसा मरेगा, ओटाभियो, युरिवे, सर्जियो ओलिभेइरा, जेसस कोरोना, जेइडी सानुसी, पेपे, विल्सन मानफा र गोलरक्षक अगस्टिन मर्चेसिन रहेका छन् । यि दुई टोलीको पछिल्लो तीन भेटमा चेल्सी दुई खेलमा विजयी हुदा पोर्टाेले एक खेल आफ्नो पक्षमा पारेको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.