default_image

3 years ago

April 18, 2021

भगवती स्पोर्टस् भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुर (हाम्रो खेलकुद)– खोटाङको भगवती स्पोर्टस् क्लब भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आइतबार भएको उद्घाटन खेलमा सुनसरीको धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै भगवती स्पोर्टस् अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा नायक रहे भगवतीका गोलकिपर रेम्बो चौधरी । उनले विपक्षीका २ प्रहारलाई विफल पारेका थिए । विनोद राई र तपन […]

22 views

0 Bookmark

भोजपुर (हाम्रो खेलकुद)– खोटाङको भगवती स्पोर्टस् क्लब भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । आइतबार भएको उद्घाटन खेलमा सुनसरीको धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै भगवती स्पोर्टस् अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा नायक रहे भगवतीका गोलकिपर रेम्बो चौधरी । उनले विपक्षीका २ प्रहारलाई विफल पारेका थिए । विनोद राई र तपन कार्कीको प्रहारलाई रेम्बोले रोकेका थिए । मिलन लिम्बुको प्रहार भने बाहिरिएको थियो । भगवतीका लागि दीपेश धिमाल, सन्जोक राई र सुनील राईले गोल गरे ।

त्यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुट आउटमा भगवतीले बाजी मारेको थियो । १–० ले पछि परेको खेल उल्टाउँदै भगवतीले जित निकालेको थियो । तपनको गोलमा धरानले २१ औं मिनेटमा खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । २८ औं मिनेटमा भगवतीका शरद राईले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । म्यान अफ दी म्याच घोषित भगवतीका गोलकिपर रेम्बोले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए । जसमा भोजपुर , सुनसरी, खोटाङ , धनकुटा,मोरङ, इलाम, रूपन्देहीका क्लब र अफ्रिकन रूट्स एसोसिएसनले प्रतिस्पर्धा गर्नेछन् । झन्डै ३५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख, दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजना गरेको प्रतियोगिता वैशाख ११ गते सम्म चल्ने छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.