default_image

3 years ago

April 19, 2021

एपिएफको संघर्षपूर्ण जित

सुनील गाउँले, बाराबागमती युवा क्लब सर्लाही विरुद्ध अतिरिक्त समयमा २–१ को कठिन जित निकाल्दै नेपाल एपिएफ क्लब एघारौं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकपको उपाधि उचालेको दुई दिनपछि सिमरा रगंशालामा खेलेको एपिएफले जितका लागि थप समयसम्म संघर्ष गर्नुपर्यो । जितसंगै एपिएफले सर्लाहीमा राजर्षी जनक गोल्डकपमा आयोजक बागमती युवा क्लबसंग व्यहोरेको हारको बदला […]

58 views

0 Bookmark

सुनील गाउँले, बारा
बागमती युवा क्लब सर्लाही विरुद्ध अतिरिक्त समयमा २–१ को कठिन जित निकाल्दै नेपाल एपिएफ क्लब एघारौं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्डकपको उपाधि उचालेको दुई दिनपछि सिमरा रगंशालामा खेलेको एपिएफले जितका लागि थप समयसम्म संघर्ष गर्नुपर्यो । जितसंगै एपिएफले सर्लाहीमा राजर्षी जनक गोल्डकपमा आयोजक बागमती युवा क्लबसंग व्यहोरेको हारको बदला लिएको छ ।

निर्धारित ९० मिनटको खेल १–१ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयको १४ औं मिनटमा एपिएफका प्रदीप लामाले गरेको गोल खेलदको निर्णायक बनेको थियो । प्रदीपकै निर्णायक गोलमा एपिएफले शनिबार मात्र भारतको पञ्जाब पुलिसलाई हराउँदै विराट गोल्ड कपको उपाधि जितेको थियो ।

यसअघि निर्धारित समयको ३२ औं मिनटमा प्रदीपकै गोलबाट एपिएफले अग्रता लिएको थियो । खेलको ५२ औं मिनटमा सर्लाहीका निरज थापामगरले पेनाल्टीमा गोल गर्दै एपिएफसंग बराबरी गरे । पेनाल्टी बक्समा एपिएफका रक्षक सर्लाहीका आफैलाई निरजलाई फाउल गरेपछि सर्लाहीले पेनाल्टी पाएको थियो ।

एपिएफको जितमा दुवै गोल गरेको प्रदीप खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनले ५ हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । प्रतियोगितामा मंगलबार अन्तिम क्वाटर फाइनलमा संकटा क्लब र हेटौंडाको विजय युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.