9 years ago
October 22, 2016
भरतपुर (हाम्रो खेलकुद) – चितवनको धु्रब्रतारा भेट्रान फुटबल टोलीले रोटरी एटए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौडामा भएको ४० वर्ष माथिको फुटबल प्रतियोगिता फाइनलमा ध्रुबताराले मोसि क्लब काठ्माण्डौलाई सडन डेथमा हराउदै उपाधि रक्षा गरेको हो ।

निर्धारीत समयमा कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकलिएको थियो । धुब्रताराले उपाधिसहित ४० हजार रुपैयाँ प्राप्त गर्यो । मोसी क्लबले २० हजार पायो । विजेता टोलीका राजेन्द्र श्रेष्ठ प्रतियोगिताको म्यान अफ द सीरिज घोषित भए । उनले दुवईको हवाई टिकट पाएका छन् । ध्रुब ताराकै जगन गुरुङ फाइनलको म्यान अफ द म्याच चुनिए र २० हजार रुपैयाँ पाए ।
विजेताहरुलाई क्षेत्रीय प्रशासक विनोद सुवेदीले पुरस्कार वितरण गरे । रोटरी क्लब अफ मकवनापुरको आयोजनामा विदेशीसहित ११ टोलीको सहभागिता थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]