default_image

3 years ago

April 21, 2021

गोर्खा ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

25 views

0 Bookmark

भोजपुर (हाम्रो खेलकुद)– इन्जुरी समयमा गोल गर्दै रुपन्देहीको गोर्खा ब्वाइज क्लब अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गोर्खा ब्वाइजले इलामको रेड हर्ष फुटबल क्लबमाथि १–० ले जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

अजित गुरुङले इन्जुरी समयको पाँचौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । अजित खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका संयोजक सफल किरातले उनलाई पुरस्कृत गरे ।

भोजपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा अब गोर्खा ब्वाइजले फाइनल प्रवेशका लागि अफ्रिकन रुट्स एसोसियन (एआरए) सँग प्रतिस्पर्धा गर्नुछ । एकै पटक एआरएले सिमरामा जारी जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा भाग लिइरहेको छ । टोलीले बुधबार साँझ आयोजक नवजनजागृति क्लबसँग पहिलो सेमिफाइनल खेल्दैछ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन गरेको प्रतियोगितामा बिहीबार पहिलो सेमिफाइनलमा आयोजक टोली र भगवाती स्पोर्टस् भोजपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख, दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.