default_image

3 years ago

April 22, 2021

सिटीको ११ अंकको अग्रता

52 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले ११ अंकको अग्रता लिएको छ । लिग अन्तरगत बुधबार राति भएको खेलमा एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकाल्दै सिटीले शीर्षस्थानमा म्यानचेस्टर युनाइटेडलाई ११ अंकले पछि पारेको हो ।

भिल्लामाथिको जितसँगै सिटीले उपाधि यात्रालाई थप मजवुत बनाएको छ । सिटीको ३३ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको ६६ अंक छ । भिल्ला पार्क बर्मिङघममा सिटीको जितमा फिल फोडेन र रोड्रीले गोल गरे । घरेलु टोलीका लागि जोन म्याक्जिनको गोल सान्त्वना बन्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको पहिलो मिनेटमा नै जोन म्याक्जिनले ओले वाट्किन्सको गोलबाट घरेलु टोली एस्टन भिल्लाले अग्रता लिएको थियो । २२औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेलाई १–१ गोलको बराबरीमा ल्याए । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

४४औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । जोन स्टोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । राम्सेमाथि फल गरेपछि सुरुवातमा पहेलो कार्ड देखाएपनि त्यसपछि भिएआरको सहायतामा उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । १० खेलाडीमा समेटिएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सफल हुदा एस्टन भिल्लाले त्यसको फाइदा उठाउन नसक्दा घरेलु मैदानमा पराजित हुन पुग्यो ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.