default_image

3 years ago

April 28, 2021

प्रिन्सलाई धैर्यले दिलाएको अवसर

प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने […]

121 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने अवसरबारे थाहा पाएका प्रिन्स बुधबार मैदान उत्रन मात्र पाएनन्, खेलको प्लेयर अफ द म्याच नै भए ।

त्यसअघि चैत ६ गते नेपालको पहिलो फ्रेन्चाई लिग नेपाल सुपर लिग (एनएसएल) मा जर्जप्रिन्स अनसोल्ड भएका थिए । पहिलो संस्करणमै राष्ट्रिय टोलीको प्रशिक्षण रहेको खेलाडी अनसोल्ड हुँदा नमज्जा त पक्कै लाग्छ नै । त्यहि महसुस प्रिन्सले पनि गरे । उनलाई लाग्यो जति राम्रो गर्न कोसिस गरेपनि सायद भाग्य उनको साथमा थिएन । यस्तैमा चित्त बुझाउनु बाहेक उनीसँग अर्को विकल्प पनि थिएन ।

थ्री नेसन्स टोलीमा पर्न नसक्नुको एउटा कारण उनको चोट पनि थियो । गोलीगाँठाको चोटका कारण उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएका थिए । अक्सन हुने समय घाइते भएका कारण पनि उनीमाथि टोलीले बोली लगाउन आनाकानी गरे । उनी सामेल नभएको टोलीले चैत १६ गते थ्री नेसन्स कप जित्यो । जर्ज प्रिन्स दर्शकका रुपमा सिमित भए ।

राष्ट्रिय टोलीमा पर्न नसकेपछि उनका लागि अर्को मौका थियो । एएफसी कप छनोटमा आर्मीको जर्सीमा खेल्दै आफ्नो क्षमता प्रदर्शन गर्ने । थ्री नेसन्स कपमा नपरेपनि प्रिन्सको कप्तानीमा आर्मीले किर्गिस्तानको ओलम्पिक टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । मैत्रीपूर्ण खेलमा प्रभाव जमाएका उनले दुर्भाग्यवश एएफसी कप अन्तर्गत श्रीलंकन पुलिस क्लबसँग भने खेल्न पाएनन् । कारण खेलको अघिल्लो दिन गरिएको परिक्षणमा उनीसहित ४ खेलाडीलाई कोरोना पोजेटिभ भएको थियो । त्यो मौका पनि उनीबाट गुम्यो ।

भारतमा पाँच दिनपछि भएको बेंगलरु एफसीसँगको खेलमा जर्ज प्रिन्स भारत गएनन् । टोली त्यहाँ ५–० ले पराजित भइसकेको थियो । उनका लागि राष्ट्रिय टोली, एनएसएल र एफसी कपको सबै ढोका बन्द भैसकेको थियो । तर, पनि उनले आफ्नो प्रशिक्षणलाई भने निरन्तरता दिइराखे । काठमाडौंमा होस् वा घरमा हुँदा व्यक्तिगत प्रशिक्षण जारी राखे ।

त्यहि क्रममा आर्मीले जीतपुरसिमरा गोल्ड कपमा भाग लियो । जर्ज प्रिन्सले त्यसमा प्रि क्वार्टरफाइनल र क्वार्टरफाइनल खेले । त्यहाँ पनि टोलीको यात्रा अन्तिम आठबाट अघि बढ्न सकेन ।

वैशाख ११ गते देखि दशरथ रंगशालामा एनएसएल सुरु भएपनि मोफसलमा अहिले ठूला प्रतियोगिता आयोजना भएका छैनन् । कोरोनाको दोस्रो लहरका कारण अन्य प्रतियोगिता तत्काल हुने सम्भावना पनि छैन । यस्तोमा फेरि जर्ज प्रिन्ससँग फिट रहनका लागि व्यक्तिगत प्रयास जारी राख्ने मात्र बाटो थियो । धैर्य गर्नुपर्छ समय आउँदा आफूलाई प्रुभ गर्नुपर्छ भन्ने संकल्प लिएर अभ्यासलाई जारी राखेको थिए ।

केहि साताको व्यक्तिगत रुपमा निकै नराम्रो महसुस गरेका जर्ज प्रिन्सका लागि मंगलबारको साँझले भने केहि खुसी दियो । उनलाई एफसी चितवनबाट एनएसएल खेल्ने प्रस्ताव आयो । त्यतिबेला उनको खुसीको सिमा रहेन । अनसोल्ड हुँदाको पीडालाई उनले मौकाको सदुपयोग गरेर पूरा गर्ने अठोट गरे । डिफेन्डर विकास खवास घाइते भएपछि उनको ठाँउमा चितवनले प्रिन्सलाई भित्र्याएको थियो ।

बुधबार विहान नै आर्मीसँगको कागजी प्रक्रिया पूरा गरेपछि बुधबार दिउँसो बुटवल लुम्बिनी एफसीको खेलमा उनलाई प्रशिक्षक मेघराज केसीले पहिलो रोजाईमा राखे । पहिलो रोजाइमा पर्नु जर्ज प्रिन्सले अपेक्षा गरेभन्दा फरक निर्णय थियो । मौका पाइसकेपछि त्यसलाई खेर जान दिन हुन्नमा भन्नेमा उनी सचेत थिए । भयो पनि त्यस्तै उनले म्यान अफ दी म्याच प्रदर्शन गरे । उनकै गोलमा चितवनले अग्रता लिएको थियो । यद्दपी टोलीले २–० को अग्रताबाट बराबरीमा चित्त बुझाउनुपर्यो ।

‘हामीले सुरुवात राम्रो गरेका थियौं । तर अन्त्य हामीले सोचे जस्तो भएन’, एनएसएलको पहिलो खेलको अनुभवपछि जर्ज प्रिन्सले भने,‘ त्यो खेल जित्न सकेको भए एनएसएलमा हाम्रो अवस्था निकै बलियो हुन्थ्यो । त्यसमा नराम्रो लागेको छ ।’

आउने खेलमा आफ्नो तर्फबाट शतप्रतिशत दिएर खेल्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘मैले त एनएसएललाई माया मारिसकेको थिए । त्यसबाट मौका पाउँदा मैले आफूमा भएको क्षमता अनुसारको प्रदर्शन गर्नुपर्दछ । म त्यसका लागि दृढ छु’, उनले थपे,‘ चितवन सन्तुलित टोली छ । हाम्रो अवसको पहिलो प्रयास भनेको शीर्ष ४ मा पुगेर अघि बढ्ने हो ।’

एक पटक टोलीसँग अभ्यास गर्न नपाएपनि प्रशिक्षक केसीले उनलाई मौका दिएका हुन् । त्यसको कारण भनेको केसीले आर्मीमा हुँदा जर्ज प्रिन्सको क्षमतालाई परख गरेका छन् । ‘त्यसबेला सी डिभिजन क्वालिफायर खेलेको मात्र अनुभव मसँग थियो । तर प्रशिक्षक केसीले मलाई विश्वास गरेर ए डिभिजन लिगमा थ्री स्टार र मनाङविरुद्ध पहिलो रोजाईमा खेलाउनु भयो,’ उनले भने,‘ आज फेरि त्यहि विश्वास म माथि देखाउनु भएको छ । यो मेरो लागि खेल जीवनको एउटा सम्पत्ती हो ।’

प्रशिक्षक केसीले चितवनमा आबद्ध हुने क्रममा पनि मानसिक रुपमा हौसाउनु भएको जर्ज प्रिन्सले बताए । ‘तिमीमा क्षमता छ । गर्न सक्छौं । मौका सधै आउँदैन आउँदा देखाउनु पर्छ भन्नु भएको थियो’, उनले स्मरण गरे,‘ उहाँको यो भनाईबाट म प्रभावित छु । म आफ्नो तर्फबाट चितवनलाई सफलता दिलाउन हरसम्भप प्रयास गर्नेछु ।’

जर्ज प्रिन्सले आफ्नै अनुभवबाट पनि खेलाडीले धैर्यता राख्नुपर्ने, फिटनेसमा ध्यान दिनुपर्ने सल्लाह दिएका छन् । ‘चैत महिना मेरो खेल जीवनका लागि निकै निराश रह्यो । फुटबलमा त्यो मेरो लागि कठीन समय थियो जस्तो लाग्छ,’ उनले भने,‘ तर फेरि मौका आउँदा प्रमाणित गर्नुपर्छ भन्ने थियो । त्यसका लागि कुनै पनि प्रतियोगिता हुन सक्छ भनेर आफूलाई तयार राखे ।’

उनले अन्त्यमा जोडे, ‘सायद त्यहि धर्यताको फल आज एनएसएलमा मौका पाएको छु । त्यसैले अरुलाई पनि भन्नु एउटा ढोका बन्द हुँदैमा निराश नहुनुहोला । सायद राम्रो मौकाले तपाईलाई कुरेको हुन सक्छ ।’

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.