default_image

5 years ago

May 1, 2021

एनएसएल – रेफ्रीको स्तरमै प्रश्न !

235 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

यसैपनि बहुचर्चित लिग, त्यसमाथि पनि कोरोना संक्रमणका कारण नेपालमा भइरहेको एकमात्र प्रतियोगिता, नेपाल सुपर लिग (एनएसएल) अहिले स्वदेशमामा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुका लागि पनि देशको फुटबल नजिक हुने माध्यम बनेको छ । नेपाली फुटबलको विकासको नारा लिएर लिग संचालन भइरहेको लिगमा खेलाडीको प्रदर्शनमा उतारचढावको क्रम जारी छ । तर रेफ्रीको स्तरलाई लिएर भने आठौं दिनमा आएर ठूलो प्रश्न खडा भएको छ ।

त्यसो त रेफ्रीको निर्णयलाई लिएर अघिल्ला दिनमा पनि प्रश्न नउठेको होइन । तर पछिल्लो केहि खेलमा एक पछि अर्को निर्णयमा प्रश्न उठ्न थालेको छ । शनिबार भएको विराटनगर र बुटवल लुम्बिनीको खेलपछि पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले रेफ्रीको स्तरमा प्रश्न उठाए । उनीहरुको संकेत यो खेलमा मात्र नभएर समग्र लिगभरनै खेल संचालनलाई लिएर थियो ।

पछिल्लो समय अष्ट्रेलियामा बस्दै गर्दै आएका नेपाली यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर विवेक प्रताप पन्तले पनि खेल सकिएलगत्तै आफ्नो फेसबुकमा लेखे, ‘लब खत्री दाई जत्तिको मैदानमा निडर रेफ्रीको खाँचो देखियो-सन्दर्भ नेपाल सुपर लिग’

नेपालको शीर्ष डिभिजन लिग खेलेका उनको भनाइले पनि हाल नेपाली रेफ्रीहरुमा रहेको समस्या केहि हदसम्म बुझ्न सकिन्छ । खत्रीले रेफ्री करिअरबाट बिदा लिएको दुई वर्ष भइसक्यो, तर अहिलेपनि धेरैजसो खेलाडीले राम्रो रेफ्रीको नाम लिनुपर्दा उनकै नाम लिन्छन् । त्यसअघि ज्ञानीराजा श्रेष्ठको नाम धेरैले लिन्थे, तर उनले खेलाएका खेलाडी केहि प्रशिक्षक भए त केहि प्रशासनमा छन् । तर यी दुईलाई प्रतिस्थापन गर्ने त्यहि छविको रेफ्री पाउन नेपालले निकै कुर्नुपर्ने देखिन्छ ।

शनिबारको दोस्रो खेल बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले २–२ को बराबरी खेले । त्यो खेल एनएसएल ११ मध्येको उत्कृष्ट भन्न लायक थियो । दुवै टोलीले स्तरीय प्रदर्शन गरे । लाग्थ्यो नेपाली फुटबल अर्को स्तरमा जाने क्रममा छ । विदेशी खेलाडीको संलग्नताले पनि लिगमा रौनकता बढाएको छ । तर, त्यो स्तरीय खेलमा रेफ्रीको भूमिकामा भने प्रश्न खडा भएको छ ।

त्यसो त रेफ्रीको कामलाई यसै पनि अपजस मात्र पाउने काम भनिन्छ । शनिबारको खेल पछि दुवै टोलीको प्रशिक्षकको रेफ्रीको भूमिका प्रति भने समान खाले धारणा थियो । बुटवलका प्रशिक्षक सनोज श्रेष्ठले रेफ्रीका निर्णयहरु सहि हुन नसकेको बताए । ‘रेफ्रीको भूमिका सन्तोषजनक थिएन’, खेलपछि उनले भने, ‘मैले मात्र होइन धेरैले भनेका छन् । रेफ्रीहरुको निर्णय कमजोर भएको छ ।’

विराटनगरका भारतीय प्रशिक्षक यान लले भने रेफ्रीको निर्णयमा निकै असन्तुष्टी मात्र जनाएनन् त्यसले नेपाली फुटबल विकासमा नै असर पर्ने तर्क गरे । उनले यहाँ सम्म भनेकी रेफ्रीको भूमिका यति खराब मैले अहिले सम्म देखेको छैन । लले प्रशिक्षकका रुपमा गरेको टिप्पणीलाई समान्य मान्न सकिन्न । एसियाली फुटबलकै युवा प्रशिक्षक एक मध्येका लसँग भारतीयको प्रतिष्ठत आई लिगको टोली सम्हालेको अनुभव छ ।

विराटनगर र बुटवलको खेल प्रज्वल क्षेत्रीले खेलाएका थिए । उनलाई लाइनमा युनाल मल्ल, किसन यादवले सघाएका थिए । रोजन्द्र खड्गी फोर्थ अफिसियलका रुपमा रहेका थिए । लले यस खेल मात्र नभएर समग्र लिगको नै रेफ्री टोलीमाथि नै प्रश्न खडा गरेका थिए । ‘एनएसएलले नेपाली व्यवासायिक फुटबललाई अगाडि लान चाहेको छ । राम्रो प्रयास भइरहेको छ । आयोजक र सहभागी टोलीहरु सबैले राम्रो गरेका छन्’, उनले भने, ‘तर रेफ्रीको पक्ष पनि त्यतिकै स्तरीय हुन जरुरी छ । यसमा कमजोरी हुँदा व्यसायिक फुटबल अगाडि जान सक्दैन ।’

लले रेफ्रीले खेल नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । ‘रेफ्रीले खेललाई नियन्त्रणमा राख्न सक्नुपर्दछ । त्यस्तो हुन सकेन ।’ विराटनगरका प्रशिक्षक, अफिसियल लगायत खेलाडीले बारम्बार रेफ्रीको निर्णयमा असन्तुष्टी जनाएका थिए ।

प्रशिक्षक ल यतिमा रोकिएनन्, ‘यदि आजको खेलमा हामी विजयी हुन्थ्यौं भने पनि रेफ्रीका बारेमा मेरो प्रतिक्रिया यहि नै हुन्थ्यो । कतिपय अवस्थामा प्रशिक्षकले आफ्नो कमजोरी लुकाउनका लागि रेफ्रीको आलोचना गर्ने गरेको भनिन्छ । तर बराबरीपछि दुवै टोलीका प्रशिक्षकले रेफ्रीको भूमिकाको आलोचना गर्नुलाई भने सामान्य मान्न सकिन्न ।’

प्रशिक्षक लले अघिल्लो खेलपछि नेपाली फुटबल भारतको भन्दा केहि तेज गतिको भएको र यहाँ अन्यत्रभन्दा बढी कन्ट्याक्ट खेल हुने बताएका थिए । उनले यसो भनिरहँदा रेफ्रीको भूमिका यस्ता खेलहरुमा थप महत्त्वपूर्ण रहने बुझ्न सकिन्छ । त्यसैले पनि रेफ्रीले खेलमा नियन्त्रण गर्नुपर्ने उनको जोड थियो । रेफ्रीले गम्भीर फाउलमा पनि आवश्यक कारवाही नगर्दा र अनावश्यक अवस्थामा खेल रोक्दा खेलको लयमा असर पर्ने बुझ्न सकिन्छ ।

फिजिकल्ली पनि टफ भएको शनिबारमा बुटवलका २ र विराटनगरका ३ खेलाडीले पहेंलो कार्डको दर्शन गरेका थिए । बुटवलले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो । विराटनगरले भने इन्जुरी समयमा प्राप्त फ्रिकिकको मद्दतमा बराबरी गोल गर्न सफल भएको थियो । बुटवलका प्रशिक्षक श्रेष्ठले भने त्यो फ्रिकिक अनावश्यक रहेको समेत बताए ।

यसअघि बिहीबार भएको ललितपुर र धनगढीको खेलमा पनि रेफ्रीको निर्णयलाई लिएर प्रश्न उठेको थियो । पहिलो हाफमा अन्जन विष्टले गरेको गोल अफसाइड दिएको विषयलाई लिए र ललितपुरको टोली खुसी थिएन । त्यसै खेलमा भएका केहि फल र त्यसको जवाफी निर्णयले पनि धेरैलाई आश्चर्यचकित तुल्याएको थियो ।

शनिबारको पहिलो खेलमा चितवनका फ्रान्सेली फरवार्ड गोरान जेर्कोभिचको गोल पनि अफसाइडकै कारण देखाउँदै मान्य भएन । तर उक्त गोल मान्य हुनुपर्ने चितवनको बेन्चको माग थियो । रिप्लेमा पनि गोल प्रष्ट नै थियो । त्यस लगत्तै अर्कोतर्फ गोल हुँदा खेल ‘किल’ भएको थियो । उक्त गोल मान्य नहुँदा खेलाडीको बडी ल्याङ्ग्वेज परिवर्तन भएको चितवनका प्रशिक्षक मेघराज केसीले पोस्ट म्याच कन्फरेन्समा बताएका थिए ।

लिगका अन्य खेलमा पनि रेफ्रीको निर्णय सन्तोषजनक हुन सकेको छैन । एनएसएलमा प्रतिस्पर्धा अब झन् बढ्दै जाने निश्चित छ । जितसँगै प्लेअफ पुग्ने समीकरणले प्रतिस्पर्धा झन् बढ्नेछ । यसले खेलमा रेफ्रीको भूमिकालाई थप महत्त्वपूर्ण बनाउनेछ । यस्तो अवस्थामा रेफ्रीहरुले आफ्नो प्रदर्शनलाई लिएर समिक्षा गर्न जरुरी छ । खेलको स्तर बढाउन रेफ्रीको खेलाउने शैलीले पनि असर गर्छ । रेफ्रीको प्रदर्शन र उनीहरुको निगरानीमा एन्फाको रेफ्री कमिटीको भूमिका पनि रहन्छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.