बिक्रम आचार्य
आज अखिल नेपाल फुटबल संघ एन्फाको नेत्रित्व परिवर्तनका निम्ती चुनाव हुँदैछ । नेपाली फुटबलमा दुई दसक लामो गणेश थापाको एकतन्त्रिय शासन फिफाले लात नहाने सम्म कायम रह्यो । गणेश थापाको युगमा नेपाली फुटबलमा केही राम्रा काम भए त केही नराम्रा ।
गणेश थापा आफु नेपाली फुटबलबाट बिदा भएर राजनिती मै सकृय छन , राजनीति र राजनैतीक दल सँग आवद्द हुनु ठुलो कुरो होइन , तर आफु सम्बद्द पार्टीको हित संघ भित्र लादेर नेपाली फुटबललाई राजनितिकरण गर्न बाट अबको नेत्रित्व पछी हट्नु पर्छ । युगिन परिवर्तनका दिर्घकालिन सोच हरु नेपाली फुटबलमा आउनु पर्दछ ।
देश संघियतामा पुगेपछी नेपाली फुटबलको सम्रचना के हुने भन्ने बिषयले महत्वपूर्ण स्थान पाउनु पर्दछ । अब पनि काठमान्डौ खाल्डोको लिगमा १२ घण्टा नाइट बस चढेर खेलाडी आउनुपर्ने तर क्लब चाँही काठमाण्डौकै र’इथाने हरुको हालिमुहाली राखेर त्यसलाई राष्ट्रिय स्तर सँग जोढिने पद्दतीको निरन्तरता नेपाली फुटबल बिकासका निम्मित्त घातक हुन सक्छ । अब प्रादेसिक लिग सम्रचनाले स्थान पाउनु पर्दछ ।
लिग कस्तो ?
हरेक प्रदेशमा “ए ” “बी ” र “सी ” डिभिजनका निस्चित सन्ख्यामा क्लब हरु हुने । हरेक प्रदेश बाट २ ( प्रथम र दोस्रो ) हुने क्लबले राष्ट्रिय स्तरको लिगमा भाग लिन पाउने । क्लब हरु बढुवा घटुवा प्रदेश मै हुने । जस्तै प्रदेश नम्बर १ को नाइटचेस्ट क्लब झापा “ए ” बाट ” बि ” मा वा “सी ” मा झर्दापनी उक्त प्रदेशमै रहने , वा उस्ले प्रादेशिक ए डिभिजनमा पहिलो वा दोस्रो बने -” एभरेस्ट लिग ” खेल्न पाउने ।
प्रादेसिक संघहरुले नै आफ्नो फुटबल कार्यक्षेत्रको नियमन गर्ने , राष्ट्रिय स्तर वा अन्तरराष्ट्रिय फुटबलका बिषयमा मात्र केन्द्रिय संघले कार्वाही गर्ने ।
खेलाडी समाबेश – खेलाडी हरु प्रदेश नम्बर १ को बासिन्दा भए पनि उस्ले ब्याबसायिक खेलाडीको हैसियतले जुन सुकै प्रदेशको जुन सुकै लिग बाट खेल्न पाउने छ । बिदेशी खेलाडीको हकमा निस्चित सन्ख्या किटान गरी , उशले जुन प्रदेशको जुन लिगमा जुनसुकै क्लब बाट खेल्न पाउने ब्यबस्था गरिनुपर्दछ ।
क्लब छनोटका बिसयमा निस्चित मापदण्ड तयार गरी कार्ययोजना अघी बढाइनु पर्दछ । कम्तीमा सात देखी बढीमा १० क्लब प्रादेसिक लिगका ए ,बी ,र सि डिभिजनमा हुनुपर्दछ । नेपाली फुटबललाई बिकेन्द्रिकरणको महा अभियानमा लगी – नेपाली फुट्बल बाटै समाजिक उत्थानका पाइलामा राष्ट्रलाई हिनाउनु पर्दछ ।
ब्याबसायिक फुटबललाई यत्रो सन्ख्यामा कसरी धान्ने भन्ने प्रश्न उठ्न सक्ला ? तर त्यसका निम्मित्त आर्थिक धरातलको बिकास गरिनु पर्दछ , सामाजिक क्लब वा ब्यग्तिगत लगानी बाट पनि माथि उठ्न सकिन्छ । राज्य बाट आश गर्ने भन्दा राज्यलाई नेपाली फुटबलले धेरै दिन सक्दछ , फुटबल मात्र नभै क्रिकेट लगायतका खेलको परिधी र सम्रचना बिकेन्द्रिकरण गर्न सके राज्यले खेल क्षेत्र आम्दानीमुलक बनाउन सक्छ , आजको बितरण मुखी खेल क्षेत्र बाट राज्यले आँफै लिन सक्दछ , दिन छाडेर ।
संघियता नभएपनी यही पद्दतीमा बिकासक्षेत्र अन्तर्गतबाट नेपाली फुटबललाई हिनाउन सकिन्छ । निती प्रधान नेपाली फुटबल भन्दा हामी नेत्रित्व प्रधानमै अल्झीरहने हो भने हामी अझै पछाडि पर्ने छौ । अब आउने नेत्रित्व सँग चुनौती र अवसर दुबै छ , नातावाद – कृपावादलाई त्यागेर नेपाली फुटबलले राज्यलाई दिन सिकोस – लिन होइन ।