default_image

3 years ago

May 3, 2021

मोनाकोमाथि लियोनको रोमाञ्चक जित

35 views

0 Bookmark

एजेन्सी – तनवापुर्ण बनेको फ्रेन्च लिग वानको खेलमा लियोनले एक गोलले पछि परेको अवस्थामा मोनाकोमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

मोनाकोमा आइतबार राति भएको खेलमा लियोनको जितमा मेम्फिस डिपाए, मार्सेलो र रायन चेर्कीले गोल गरे । घरेलु टोलीका केभिन भोलान्ड र विसाम विन यडरले गोल फर्काए । खेलको २५औं मिनेटमा विसाम विन यडरको पासमा केभिन भोलान्डले गोल गरेपछि घरेलु टोली मोनाकोले सुरुवाती अग्रता लिएको थियो ।

५७औं मिनेटमा मेम्फिस डिपाएले कार्ल टोको इकाम्वीको पासमा गोल गर्दै लियोनलाई खेलमा फर्काएका थिए । ७०औं मिनेटमा म्याक्सेन काकुरेट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लियोन १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको ७ मिनेटपछि ७७औं मिनेटमा मार्सेलोले मेम्फिस डिपाएको पासमा गोल गर्दै लियोनलाई २–१ को अग्रता दिलाए ।

८६औं मिनेटमा विसाम विन यडरले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा रायन चेर्कीले गोल गर्दै लियोनलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित दिलाए ।

खेलको अन्त्यमा दुवै टोलीका खेलाडी एक आपसमा विवादमा उत्रिएपछि रेफ्री क्लेमेन्ट टर्पिनले दुवै टोलीका दुई–दुई खेलाडी गरी चार जनालाई रातो कार्ड देखाएको थियो । मोनाकोका पिएट्रो पेलेग्री र विलेम तथा लियोनका माटियो डि सिलियो र मार्सेलोलाई रातो कार्ड देखाएका थिए ।

जितपछि लियोन ३५ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित मोनाको ७१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको लिलको ७६ तथा दोस्रो स्थानको पीएसजीको ७५ अंक छ ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.