default_image

3 years ago

May 6, 2021

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

66 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधबार भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २-० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो । चेल्सीले समग्रमा ३-१ को जित दर्ता गर्न सफल रहयो ।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले दुवै हाफमा १-१ गोल गरेको थियो । चेल्सीका लागि फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल गरे । खेलको २९ औं मिनेटमा जर्मन फरवार्ड वेर्नरको गोलमा चेल्सीले अग्रता लिएको थियो । काइ हाभर्ट्जको चिप प्रहार क्रसबारमा लाग्दै फर्केपछि वेर्नरले त्यसै बललाई खाली पोस्टमा हेडरमार्फत गोल गरेका थिए ।

रियल म्याड्रिडले बल पोसेसनमा पकड जमाएपनि चेल्सीले कम आक्रमणमै गोल गर्न सकेको थियो । विशेषगरी काउन्टर अट्याकमा अघि बढेको चेल्सीले गोलरक्षक कोर्टुवालाई पटक पटक व्यस्त राखेको थियो । दोस्रो हाफको अन्त्यतिर माउन्टले क्रिस्टियन पुलिसिचको पासलाई पहिलो टचमा नै गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए ।

चेल्सीले अब मे २९ मा हुने फाइनलमा इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले मंगलबार पिएसजीमाथि ४-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । चेल्सीले पछिल्लोपटक सन् २०१२ मा उपाधि जितेको थियो भने सिटी पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.