default_image

3 years ago

May 7, 2021

बदलिएका विश्वासको आशालाग्दो पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं व्यक्तिगत र पारिवारिक पीडाले मान्छेलाई नराम्ररी बिथोल्छ । कतिपयको व्यक्तिगत पीडाले व्यवसायिक जीवनलाई टुंगाएको पनि देखिन्छ । तर, समाजमा अर्का थरी मान्छे पनि हुन्छन् जसले जस्तै परिस्थितिबाट पनि सामान्य अवस्थामा फर्कने प्रयास गर्छन् र सफल पनि हुन्छन् । त्यस्तै उदाहरण बनेका छन् फुटबल खेलाडी विश्वास श्रेष्ठ । सम्भवतः उनले आफू जान्ने भएदेखि […]

129 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

व्यक्तिगत र पारिवारिक पीडाले मान्छेलाई नराम्ररी बिथोल्छ । कतिपयको व्यक्तिगत पीडाले व्यवसायिक जीवनलाई टुंगाएको पनि देखिन्छ । तर, समाजमा अर्का थरी मान्छे पनि हुन्छन् जसले जस्तै परिस्थितिबाट पनि सामान्य अवस्थामा फर्कने प्रयास गर्छन् र सफल पनि हुन्छन् । त्यस्तै उदाहरण बनेका छन् फुटबल खेलाडी विश्वास श्रेष्ठ । सम्भवतः उनले आफू जान्ने भएदेखि सबै भन्दा पीडा गत साल बेहोरेका थिए ।

चोट कारण व्यवासायिक जीवन रोकियो । कोराना कहरका कारण यसै पनि अघिल्लो वर्ष सबैको कठीन नै थियो । त्यो बाहेक विश्वासको परिवारमा दुई ठूला दुर्घटना भए । भदौमा स्याङ्जामा उनको घरमा आगलागी भयो । २ लाख नगदसहित ८ लाख बढीको क्षती भयो । त्यो घटना विस्तारै भुल्ने क्रममा उनको परिवार थियो । मंसिरमा उनको परिवारमा अर्को दुर्घटना भयो ।

मसिंर ४ मा बुवा रुप नारायण श्रेष्ठलाई करेन्ट लागेर चार तलाबाट खस्दा गम्भीर घाइते भए । बन्दै गरेको नयाँ घरमा फलाम फाल्ने क्रममा हाइटेन्सन तारमा ‘टच’ भएपछि झट्काले तानेर चार तलाबाट झर्दा उनको बुवाको शरीरको ४० प्रतिशत भाग जलेको छ । देब्रे खुट्टा भाँचिएको थियो । दुई वटा करङ भाँचिएको थियो । गम्भीर दुर्घटना भएकाले हेलिकप्टरको सहाराले ग्रान्डी अस्पतालमा ल्यायर आइसियुमा उनको उपचार भइरहेको छ ।

उपचारबाट अहिले उनका बुवा ठीक भएका छन् । घरमा आराम गरिरहेका छन् । सामान्य हिँडडुल गर्न थालिसकेका छन् । बुवाको उपचारमा मात्रै पनि झन्डै ५० लाख रुपैयाँको उनको परिवारले खर्च गर्नुपरेको थियो । फुटबल खेलाडी भएकै कारण २० लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्तबाट पनि उपचारमा निकै सहज भएको जनाउँदै विश्वासले ती सबै सहयोगहरुलाई धन्यवाददिएका छन् ।

जतिकै कालो बादल भएपनि त्यसमा चाँदीको घेरा हुन्छ भन्ने आशा विश्वासलाई पनि थियो । उमेर समूहमा नेपाली आफूलाई प्रमाणित गरिसकेका विश्वासले अहिले सम्म राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्न सकेका छैनन् । यसअघि टोलीमा परिसकेका उनलाई अब फेरि उनलाई त्यो आशा भने पलाएको छ ।

कोरोनाको दोस्रो लहरले देशका अधिकांश जिल्लामा निषाधाज्ञा लागू भइरहेको छ । प्रतिकुल परिस्थितिकाबीचमा पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) जारी छ । एनएसएलमा धेरै खेलाडी आफ्नो प्रभाव छाड्न सफल भएका छन् । ती मध्येका एक हुन् उनै विश्वास । काठमाडौं रेजर्सबाट खेल्दै आएका विश्वास ५ मध्ये दुई खेलमा इमर्जिङ प्लेयर अफ दी म्याच बनिसकेका छन् ।

विश्वास पहिलो खेलमा ललितपुर एफसीविरुद्धको खेलमा विङ्सबाट खेल्दै त्यसमै इमर्जिङ चुनिएका थिए । त्यसपछिका दुई खेलमा उनी जम्न सकेनन् । चौथो खेलमा पुग्दा उनको भूमिका फेरियो । लेफ्ट विङ्सबाट लेफ्ट ब्याकमा झरे । त्यो पोजिसनबाट खेल्दा विश्वास विराटनगरसिटी एफसीविरुद्ध ५–४ जितमा पनि इमर्जिङ प्लेयर अफ दी म्याच बने । लेफ्ट ब्याकमा खेल्नका लागि उनी आफै तयार भएका थिए ।

‘त्यो पोजिसनमा हामी अलिक कमजोर लागेर मैले साथीहरु मार्फत प्रशिक्षक बालगोपाल महर्जनलाई भन्न लगाएँ’, उनले भने, ‘बाल सर त्यसका लागि तयार हुनुभयो । उमेर समूह हुँदै मैले खेलिसकेको पोजिसन भएकोले खेल्न सक्छु भन्ने विश्वास थियो । मैले आफ्नो भूमिकालाई न्याय गर्ने कोशिस गरेको छु ।’

विश्वास नेपाली युवा समूहको टोलीमा कुशल फुटबल खेलाडीमा हुनुपर्ने गुणले पूर्ण छन् । एन्फा एकेडेमीका उत्पादन यिनै विश्वासले उमेर समूहको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै सिनियर राष्ट्रिय टोलीसम्म पनि स्थान बनाइसकेका छन् ।

काठमाडौं रेजर्स एनएसएलको प्ले अफमा पुगिसकेको छ । टोलीले कम्तीमा २ र बढीमा ४ खेल अझै खेल्नेछ । त्यसमा विश्वासले कस्तो प्रदर्शन गर्छन् केहि समय कुर्नै पर्छ । जसरी उनी अहिले प्रदर्शन गरिरहेका छन् त्यो आफै उनले अनुमान भने गरेका थिएनन् ।

शल्यक्रियापछि विश्वास खेल जीवनमा जम्न बाँकी रहँदै एनएसएल घोषणा भइसकेको थियो । त्यस्तोमा एनएसएलको अक्सनमा कसैले खरिद गर्ला भन्ने नै उनले सोचेका थिएनन् । बी श्रेणीमा अक्सनमा रहेका विश्वास काठमाडौं रेजर्समा पर्दा भने दंग परे । काठमाडौंसहित चितवन र विराटनगरले उनमा बोली लगाएको थियो । गोलाप्रथामा उनी काठमाडौंमै परे ।

‘मेरो लागि पहिलो बोली काठमाडौंले नै लगाएको थियो । अन्त्यमा त्यहि परें । बालगोपाल सरको टोलीमा पर्दा खुसी लाग्यो । म कस्तो खेल्छु उहाँलाई थाहा थियो’, उनले स्मरण गरे, ‘मैले खेल्ने पाउँछु भन्ने आशा नै नराखेको एनएसएलमा जुन टोली सुरुमा रुची देखायो त्यसमै परे । सकेको राम्रो गर्छु भन्ने अठोट गरे ।’

स्याङ्जा वालिङमा जन्मिएका विश्वास ११ वर्षको उमेरमा छनोटमार्फत एन्फा एकेडेमीमा आबद्ध भएका थिए । उनले यु–१४ टोलीबाट भारतमा भएको सुब्रतो कप दुईपटक खेलेका छन् । यस्तै इरानमा एएफसी यु–१४ छनोट खेलेको अुनभव पनि विश्वासले संगालेका छन् । एन्फा एकेडेमीमै रहँदै विश्वासले दशरथ रंगशालामा भएको यु–१६ विश्वकप छनोट, साफ यु–१६ च्याम्पियनसिप खेलका थिए ।

यस्तै नेपाली यु–१९ टोलीले २०१५ मा नेपालमा आयोजना भएको यु–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीका महत्त्वपुर्ण सदस्य थिए । सोही वर्ष उनले कतारमा एएफसी यु–१९ छनोट र इराकमा पनि एएफसी यु–१९ छनोटमा देशको प्रतिनिधित्व गरेका थिए । उनी नेपाली यु–२३ उमेर समूहको पनि महत्वपूर्ण खेलाडी हुन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शनसँगै उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपनि ‘डेब्यू’ पाउन सकेकन् ।

एन्फाबाट रिलिज भएसँगै उनी हिमालयन शेर्पा क्लबमा आबद्ध भए । ए डिभजिन टोलीमा उनी शेर्पामा आबद्ध थिए । शेर्पाले मोफसलमा सहभागिता नजानाउँदा उनले मोफसलमा थ्री स्टार, मनाङ–मर्स्याङ्दी, संकटा र झापा–११ बाट आफ्नो खेल कला निखारे । २०७२ को राष्ट्रिय लिग भने उनले लुम्बिनीबाट खेलेका थिए ।

२०७५ को पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले ६ गोल र ३ असिस्ट दिएका थिए । २०७६ को लिगको तेस्रो (आर्मीविरुद्ध) खेलमा चोट लागेपछि उनी मैदान बाहिर रहे । ‘म फर्ममा थिए । आर्मीसँगको खेलपछि मिनिस्कस टियरका कारण लिग गुमाए । त्यसबेला हिमालयन शेर्पाले राम्रो उपचार गराइदिएको थियो । क्लबलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

कोरोनाको पहिलो लहर विस्तारै कम हुँदै जादा मोफसलमा साना ठूला प्रतियोगिता आयोजना हुन थाले । पुसमा रुपन्देहीमा भएको आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा सालझण्डीको विश्व शान्ती युवा क्लबाट उनले सक्रिय खेल जीवनमा पुनरागमन गरेका थिए ।
बाबुआमाका ३ सन्तानमध्येका एक्लो छोरा विश्वास फुटबलमा फेरि उसै गरि सक्रिय हुन चाहन्छन् । उनको अबको लक्ष्य भनेको राष्ट्रिय टोलीबाट खेल्नु छ । त्यसका लागि लामो यात्रा तय गर्न बाँकी रहेको उनले बुझेका छन् । उनका लागि घरेलु फुटबलमै फर्कन कठीन भएको समयमा आमाबावुकै कारण फेरि सक्रिय हुन सम्भव भएको बताउँछन् ।

‘ड्याडीको त्यस्तो दुर्घटना भयो । २० लाख भन्दा बढी सहयोग उठ्यो । म फुटबल खेलाडी भएकै कारण त्यसरी सहयोग आयो । त्यसबाट पनि ममी ड्याडीले मलाई फेरि खेल्न हौसाउनु भयो’, उनले भने, ‘दुःख जति भएपनि हार खाएको छैन । घरमा सहज छैन । तर पनि सुख दुःख चल्दै गर्छ तैले खेल्नुपर्छ भनेर ड्याडीमम्मीले भन्नु भएको छ । त्यसले मलाई ठूलो हौसला मिलेको छ ।’

एउटा समय थियो । विश्वासमाथि टोलीकै खेलाडीको विश्वास रहन्नथ्यो । मैदान भित्रको उनको व्यवहारका कारण आलोचित पनि थिए । एक पटक थ्री स्टारबाट सिमरा गोल्डकप फुटबल प्रतियोगितामा भाग लिइरहेकै समयमा टोली छाडेर हिड्नुपरेको थियो ।

विश्वासले अहिले आफूमा पनि परिवर्तन आफैले महसुस गरेका छन् । ‘ उमेरले पनि होला । हार्न भनेपछि मनै नलाग्ने । त्यसले म आफ्नो टोलीका साथीहरु र रेफ्रीसँग बढी रिसाउँथे । विपक्षी टोलीका खेलाडीसँग रिसाउने होइन,’ पुराना दिन स्मरण गर्ने क्रममा हास्दै भन्छन्, ‘पहिला खेल हार्दा निकै रुन्थे । अहिले लाग्छ खेलमा हार जित त हुन्छ नि । सधैं जित हुन्छ भन्ने छैन । आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने हो भन्न लाग्न थालेको छ ।’

आफ्नो व्यवहारकै कारण साथीहरुले आफूलाई साइको भन्ने गरेको पनि उनलाई बेला बेला सम्झना आउँद्ध । ‘साइको छ । धेरै रिसाउँछ भन्थे, अहिले बुझ्दैछु । त्यसरी रिसाउँदा बढी त आफूलाई नै घाटा हुने रहेछ,’ विश्वासले हाँस्दै भने ।

सुख दुःख जीवनका अंग भएका अहिले विश्वासले बुझिसकेका छन् । आफूमाथिको विश्वास र खराब समयमा पनि धर्य गुमाउनु हुँदै भन्ने आफै परिवारमा परेको दुर्घटनाले पनि मलाई सिकाएको छ ।

उनले अन्त्यमा भने, ‘दुःख सबैलाई पर्छ । हाम्रो परिवारलाई अहिले पनि छ । थुप्रै ऋण छ । अब त्यो मात्रै सम्झिएर मन सानो गर्न हुन्न भन्ने लागेको छ । राम्रो गर्न कोशिस जारी राख्नुपर्छ । सफलता एकै दिनमा मिल्दैन । विस्तारै मिल्छ । हिम्मत हार्नु हुन्न ।’

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.