default_image

3 years ago

May 7, 2021

पहिलो हाफ – पोखरा र चितवनको बराबरी

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र एफसी चितवनले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर पाए पनि सफल हुन सकेनन् । खेलको छैटौ मिनेटमा गोरान जर्काेभिचको प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा एफसी चितवन अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा सुनिल श्रेष्ठको प्रहारलाई पोखरा थन्डर्सका गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।

१८औं मिनेटमा नितिन थापाको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पोखरा अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा रवि पासवानको क्रसमा आयुष घलानले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाउँदा पोखराले अग्रता लिन सकेन ।

बराबरीको नतिजाले दुवै टोली शीर्ष चारको होडबाट बाहिरिनेछन् । यस्तो अवस्थामा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछ । दुवै टोलीको लागि यो खेल ‘गर या मर’ को अवस्थाको छ । लिग चरणको अन्तिम खेलमा पोखरा एफसी चितवनलाई पराजित गर्दै शीर्ष चारको सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । तर जितले मात्रै पोखराको शीर्ष चारको यात्रा सुरक्षित हुनेछैन । अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

अघिल्लो खेलमा धनगढी एफसीसँग १–० ले पराजित भएपछि पोखराको शीर्षचारको यात्रामा धक्का लागेको थियो । चितवनलाई हराउन सके पोखराले ६ खेलबाट ८ अंक जोड्नेछ । पोखरालाई शीर्ष चारमा पुग्न धनगढी र काठमाडौंबाहेकका टोलीले अंक गुमाउनुपर्नेछ । ५ अंक जोडेर पाँचौ स्थानमा रहेको पोखरा थन्डर्सले ५ खेल खेल्दा १ जित, २ बराबरी र २ हारको नतिजा निकालेको छ ।

लिगमा चितवनलालाई शीर्ष चारमा स्थान बनाउन पोखरालाई जस्तै आफुले मात्रै जितर पुग्दै अन्य टोलीले अंक गुमाउनुपर्नेछ । चितवन ४ खेलबाट २ अंक जोडेर पुछारमा रहेको छ । बाँकी दुई खेलबाट ६ अंक जोडे चितवनको ८ अंक पुग्नेछ । यस्तो अवस्थामा धनगढी र काठमाडौंबाहेकका अन्य चार टोलीले अंक गुमाउनुपर्नेछ ।

धनगढी एफसी र काठमाडौं रेजर्सको प्ले अफमा स्थान बनाइसकेको छ । धनगढी १० अंक जोडेर शीर्ष स्थानमा रहँदा समान १० अंक नै भएपनि काठमाडौं हेड टु हेडमा दोस्रो स्थानमा छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.