default_image

3 years ago

May 8, 2021

सान्चो चम्कदा डर्टमुन्डको रोमाञ्चक जित

एजेन्सी – इंग्लिस विंगर जाडोन सान्चोको दुई तथा कप्तान मार्काे रिउसको एक गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगमा आरबी लाइप्जिगलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डटमुन्डको लाइप्जिगमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । लाइप्जिगका लुकास क्लोस्टरमान र ड्यानियल ओल्मोले गोल गरे । सिग्नल इडुना पार्कमा शनिबार […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस विंगर जाडोन सान्चोको दुई तथा कप्तान मार्काे रिउसको एक गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगमा आरबी लाइप्जिगलाई पराजित गरेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा डटमुन्डको लाइप्जिगमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकालेको हो । लाइप्जिगका लुकास क्लोस्टरमान र ड्यानियल ओल्मोले गोल गरे ।

सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोली डर्टमुन्डले खेलको सातौ मिनेटमा कप्तान मार्काे रिउसको गोलबाट अग्रता लिएको थियो । उनले थोर्गन हाजार्डको पासमा गोल गरेका थिए ।

५१औं मिनेटमा जाडोन सान्चोले राफयल गुरेइरोको पासमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा लुकास क्लोस्टरमानले इमिल फोर्सवर्गको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७७औं मिनेटमा ड्यानियल ओल्मोले हि–चान ह्वाङको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा सान्चोले राफयल गुरेइरोको पासमा गोल गर्दै डर्टमुन्डलाई ३–२ को रोमाञ्चक जित दिलाए । जितपछि डर्टमुन्ड ३२ खेलबाट ५८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित लाइप्जिग ६४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.