default_image

3 years ago

May 9, 2021

चेल्सीसँग शीर्षस्थानको सिटी पराजित

एजेन्सी – च्याम्पियन्स लिग फाइनल अघि प्रिमियर लिगको भेटमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएको छ । इन्जुरी समयमा मार्कोस अलन्सोले गोल गरेपछि शनिबार चेल्सीले सिटीमाथि २–१ को जित हासिल गरेको छ । जितसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानमा मजबुद रहेको सिटीले उपाधिका लागि भने अझै कुर्नुपर्ने भएको छ । ३ मिनेट इन्जुरी […]

30 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिग फाइनल अघि प्रिमियर लिगको भेटमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएको छ । इन्जुरी समयमा मार्कोस अलन्सोले गोल गरेपछि शनिबार चेल्सीले सिटीमाथि २–१ को जित हासिल गरेको छ । जितसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

शीर्षस्थानमा मजबुद रहेको सिटीले उपाधिका लागि भने अझै कुर्नुपर्ने भएको छ । ३ मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाएका थिए । यी दुई टोलीबीच मे २९ मा च्याम्पियन्स लिग फाइनल हुँदैछ । पहिलो हाफमा सर्जियो अगुएरो पेनाल्टीमा गोल गर्नबाट चुकेपछि सिटी गोलअन्तरलाई दोब्बर बनाउनबाट चुकेको थियो । रहिम स्टर्लिङको गोलबाट सिटीले ४४ औं मिनेटमा अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरीको तेस्रो मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । त्यसमा अगुएरो असफल भए । उनको प्रहारलाई चेल्सीका गोलकिपर इडोर्ड मेन्डीले सहजै रोकेका थिए । ६३ औं मिनेटमा हकिमको गोलबाट चेल्सी खेलमा फर्केको थियो । अलन्सोले टिमो वार्नरको क्रसमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए । अन्तिम ३ चरणका खेल बाँकी रहँदा सिटीको ८० अंक छ । चेल्सीको ६४ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ६७ अंकसहित दोस्रो स्थानमा र लेस्टर सिटी ६३ अंकसहित चौथो स्थानमा छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.