default_image

3 years ago

May 9, 2021

बायर्न बुन्डेसलिगा च्याम्पियन

एजेन्सी – बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई खेल बाँकी छदै बायर्नले लगातार नवौं सिजन बुन्डेसलिगा जित्न सफल भएको हो । बायर्न २०१३ देखि लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यसअघिको दुई सिजन बोरुसिया डर्टमुन्डले बुन्डेसलिगाको उपाधि जितेको […]

42 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदा जित निकाल्दै लिग चरणका दुई खेल बाँकी छदै बायर्नले लगातार नवौं सिजन बुन्डेसलिगा जित्न सफल भएको हो ।

बायर्न २०१३ देखि लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यसअघिको दुई सिजन बोरुसिया डर्टमुन्डले बुन्डेसलिगाको उपाधि जितेको थियो । समग्रमा बायर्नको यो ३१औं बुन्डेसलिगा उपाधि हो ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलमा बायर्नको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । थोमस मुलर, किङ्सले कोमान र लिरोए सानेले समान एक गोल गरे । पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो ।

खेलको दोस्रो मिनेटमा नै रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले अग्रता लिएको थियो । २३औं मिनेटमा थोमस मुलरले अग्रता दोब्बर पारे । ३४औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ४४औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्नले पहिलो हाफमा ४–० को आरामदायी अग्रता लियो ।

६६औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलमार्फत ह्याट्रिक पुरा गर्दा बायर्न ५–० ले अघि बढ्यो । उनले यो सिजन २७ खेलमा सर्वाधिक ३९ गोल र ७ असिस्ट दिएका छन् । ८६औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई ६–० को फराकिलो जित दिलाए ।

जितसँगै च्याम्पियन बनेको बायर्नको ३२ खेलबाट ७४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ६४ अंक छ । शीर्ष दुई टोलीबीच १० अंकको अन्तर छ । बाँकी खेलमा हार बेहोरेििन बायर्नलाई केही फरक पर्ने छैन । पराजित बोरुसिया मोन्चेनग्लाडवाक ४६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.