default_image

7 years ago

October 25, 2016

कसले जित्ला प्रतिष्ठित ब्यालन डे’ओर ?

एजेन्सी (फ्रान्स) फ्रान्स फुटबलले सोमबार ब्यालन डे’ओर अवार्डको लागी प्रतिस्पर्धा गर्ने ३० जना खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमद्धे क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी दुबै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै लेस्टर सिटिलाई उपाधी जिताउन महत्वपुर्ण भूमिका निर्वाह गरेका जेमी भार्डी सुचिमा एकमात्र इङ्लिश खेलाडी हुन […]

36 views

0 Bookmark

एजेन्सी (फ्रान्स)

balon

फ्रान्स फुटबलले सोमबार ब्यालन डे’ओर अवार्डको लागी प्रतिस्पर्धा गर्ने ३० जना खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमद्धे क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी दुबै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै लेस्टर सिटिलाई उपाधी जिताउन महत्वपुर्ण भूमिका निर्वाह गरेका जेमी भार्डी सुचिमा एकमात्र इङ्लिश खेलाडी हुन । त्यस्तै उनलाई उपाधी जिताउन सहयोग गर्ने माहरेज पनि सुचिमा अटाएका छन ।

बार्सिलोनाका अर्जेन्टिनी स्टार मेसीले किर्तिमानी पाँच पटक बेलोन डे’आरको उपाधि जितिसकेका छन् भने तीन पटक उपाधि जितेका रियाल मड्रिडका पोर्चुगिच रोनाल्डोले मेसीलाई पछ्याइरहेका छन् । त्यस्तै ला लिगा मा मेस्सी र रोनाल्डो दुबै लाई उछिन्दै युरोपियन गोल्डेन बुट जित्न सफल लुइस स्वारेज पनि सुचिमा छन भने उनको क्लबको सहकर्मी नेमार पनि ३० जनामा परेका छन ।

सर्जियो अग्गुएरो – म्यानचेस्टर सिटी – अर्जेन्टिना
पिइर्रे–इमरिक औबमेयाङ – बुरुसिया डर्टमन्ड – गाबोन
गारेथ बेल – रियाल मड्रिड – वेल्स
जियान लुइगी बुफोन – युभेन्टस – इटाली
केभिन डी ब्रुने – म्यानचेस्टर सिटी – बेल्जियम
पाउलो ड्याब्ला -युभेन्टस – अर्जेन्टिना
डिएगो गोडिन – एट्लेटिको मड्रिड – उरूग्वे
एन्टोनी ग्रिजमन – एटलेटिको मड्रिड – फ्रान्स
गोल्जालो हिग्गुइन – युभेन्टस -अर्जेन्टिना
ज्लाटन इब्राहिमोभिच – म्यानचेस्टर युनाइटेड -स्विडेन
आन्दे्रस इनिएस्टा – बार्सिलोना- स्पेन
कोके – एट्लेटिको मड्रिड -स्पेन
टोनी क्रुस – रियाल मड्रिड – जर्मनी
रोबर्ट लेवन्डस्की – वायर्न म्युनिच -पोल्यान्ड
ह्युगो लोरिस – टोटेनह्याम – फ्रान्स
रियाद मेहराज – लेस्टर सिटी – अल्जेरिया
लियोनल मेसी – बार्सिलोना – अर्जेन्टिना
लुका मोड्रिच – रियाल मड्रिड – क्रोएसिया
थोमस मुलर – बायर्न म्युनिच – जर्मनी
म्यनुयल नियोर – बायर्न म्युनिच – जर्मनी
नेमार – बार्सिलोना – ब्राजिल
दिमित्री पयट – वेस्ट ह्याम – फ्रान्स
पेपे – रियाल मड्रिड – पोर्चुगल
पाउल पोग्बा – म्यानचेस्टर युनाइटेड – फ्रान्स
सर्जियो रामोस – रियाल मड्रिड – स्पेन
रूइ प्याट्रिसिया – स्पोर्टिङ – पोर्चुगल
जेमी भार्डे – लेस्टर सिटी – इङल्यान्ड
अर्टुरो भिडाल – बायर्न म्युनिच-  चिली

कसले जितला ब्यालन डे’ओर ?

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.