default_image

3 years ago

May 10, 2021

ब्राहिमको गोलमा युभेन्टस पछाडि

85 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर ब्राहिम डियाजले सानदार गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत एसी मिलानले पहिलो हाफमा युभेन्टसविरुद्ध १-० को अग्रता लिएको छ ।

डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका हुन् । उनले फ्रिकिकमा गोलरक्षक अगाडी बढेको अवस्थामा पेनाल्टी क्षेत्रको ठिक भित्रबाट टप कर्नरमा उत्कृष्ट गोल गरेका हुन् । रियल म्याड्रिडबाट लोनमा मिलान पुगेका डियाजको गोल भीएआरले ह्यान्डबलका लागि रिभ्यु गरेपनि गोलले मान्यता पाएको थियो ।

पहिलो हाफमा घरेलु टोली युभेन्टसले बल पोसेसनमा पकड जमाएपनि आक्रमण भने बुन्न सकेको छैन । खेलको ३० औं मिनेटमा युभेन्टसले अग्रता लिने अवसर पाएपनि कप्तान किएलिनी त्यसमा सफल हुन सकेनन् । उनले जुआन क्वाडराडोको कर्नरमा प्राप्त हेडरलाई गोलको दिशा दिन सकेनन् ।

गोलको भिडियो :

यस खेलमा जित हासिल गरे एसी मिलान अंक तालिकाको तेस्रो स्थानमा उक्लनेछ । हारले युभेन्टस भने पाँचौ स्थानमा झर्नेछ । ३४ खेलमा दुवै टोलीको समान ६९ अंक छ । ३५ खेल खेल्दा एटलान्टा ७२ अंकका साथ दोस्रो र नेपोलीले ३५ खेलमा ७० अंक जोडेको छ । च्याम्पियन इन्टरको ३५ खेलमा ८५ अंक छ ।

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.