9 years ago
October 26, 2016
चितवन (हाम्रो खेलकुद)– नेपाल आर्मी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्याम्पाचौरमा मंगलबार आर्मीले अर्को ए डिभिजन हिमालयन शेर्पालाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

११ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नतेको पासमा टेकबहादुरले सुन्दर गोल गरेका । ३६ औं मिनेटमा अनिश शाक्यले गोल गरेपछि आर्मीले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै आर्मीका राजु आलेमगरले आत्मघाती गोल गरेपछि टोलीमाथि नै दबाब थपिएको थियो । हिमालयनले शेर्पाले दोस्रो हाफमा दबाब बनाइराखे पनि गोल थप्न सकेन र प्रतियोगिताबाट बाहिरीयो ।
आर्मीको जित कप्तान गोलकिपर विकास मल्लको भूमिका महत्वपूर्ण रह्यो । उनले पहिलो हाफमा हिमालयनका लक्ष्मण रुचालको प्रहारलाई रोकेका थिए । इन्जुरी समयमा पनि लक्ष्मणकै आक्रमणलाई विकासले विफल पारेका थिए । विकास नै म्यान अफ दी म्याच बने र १० हजार रुपैयाँ प्राप्त गरे ।
बुधबार अन्तिम क्वार्टरफाइनल
सिएमजी क्लब संकटा र झापा–११
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]