default_image

3 years ago

May 16, 2021

लेस्टरलाई एफए कप उपाधि

एजेन्सी – लन्डन क्लब चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । पाँचौ पटक फाइनल खेलिरहेको लेस्टरले पहिलो पटक उपाधि जित्ने क्रममा वेम्बलीमा १-० को जित हासिल गरेको हो । खेलको ६३ औं मिनेटमा युरीटिलेमान्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । युरीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा […]

43 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । पाँचौ पटक फाइनल खेलिरहेको लेस्टरले पहिलो पटक उपाधि जित्ने क्रममा वेम्बलीमा १-० को जित हासिल गरेको हो ।

खेलको ६३ औं मिनेटमा युरीटिलेमान्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । युरीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा लेस्टरले खेलमा अग्रता लिएको थियो । खेलको अन्त्यतिर चेल्सीले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन ।

झन्डै २० हजार दर्शक उपस्थित रहेको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । चेल्सीले आफ्नो पहिलो रोजाइको टोली उतारेपनि लेस्टरलाई पराजित गर्न भने सकेन । अब चेल्सीले च्याम्पियन्स लिग फाइनलमा दुई सातापछि म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

लेस्टरले क्लब इतिहासमा नै पहिलो पटक एफए कप उपाधि जितेको हो । यसअघि टोली चार पटक फाइनलमा पराजित भएको थियो ।

यो पनि : युभेन्टसले च्याम्पियन इन्टरलाई हरायो

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.