default_image

3 years ago

May 16, 2021

टोटेनहमको जितमा केनको गोल

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र डेनिस मिडफिल्डर पिएरे इमिल होएबिएरको गोल मद्दतमा टोटेनहम हटस्परले वल्भ्समाथि सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोटेनहमले वल्भ्सलाई २–० ले पराजित गरेको हो । टोटनहम हटस्पर स्टेडियममा घरेलु टोलीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । बल पोसेसनमा बलियो […]

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केन र डेनिस मिडफिल्डर पिएरे इमिल होएबिएरको गोल मद्दतमा टोटेनहम हटस्परले वल्भ्समाथि सहज जित दर्ता गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोटेनहमले वल्भ्सलाई २–० ले पराजित गरेको हो ।

टोटनहम हटस्पर स्टेडियममा घरेलु टोलीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । बल पोसेसनमा बलियो पकड बनाएपनि टोटेनहमले गोलको लागि पहिलो हाफको अन्त्यतिर कुर्नुपरेको थियो ।

४५औं मिनेटमा केनले पिएरे इमिल होएबिएरको पासमा गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । पहिलो गोलको लागि असिस्ट दिएका होएबिएरले ६२औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए । ग्यारेथ बेलको प्रहार गोलरक्षक रुइ प्याट्रीसियोले बचाएपनि रिबाउन्डमा उनले गोल गरेका थिए । टोटेनहमले गोलका ५ ठुला अवसर सिर्जना गर्दा वल्भ्सले एक मात्रै ठुलो अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

जितपछि टोटेनहम ३६ खेलबाट ५९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित वल्भ्स ४५ अंक जोडेर १२औं स्थानामा यथावत रहेको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा घरेलु मैदानमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–२ ले पराजित गर्यो । क्रिस्टल प्यालेसको जितमा क्रिस्टियन बेन्टेके, विलफ्रेड जाहा र टिरिक मिटचेलले गोल गरे । एस्टन भिल्लाका जोन म्याकजिन र अनवर इल घाँजीले गोल फर्काए ।

जितपछि क्रिस्टल प्यालेस ३६ खेलबाट ४४ अंक जोडेर १३औं स्थानमा उक्लदा पराजित एस्टन भिल्ला ४९ अंक जोडेर ११औं स्थाना रहेको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.