default_image

3 years ago

May 16, 2021

पहिलो हाफमा एटलेटिको, रियल र बार्सिलोना बराबरीमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार ३७ औं चरणका सबै १० खेल एकै समयमा जारी छ । उपाधि होडमा रहेका एटलेटिको म्याड्रिड, रियल म्याड्रिड र बार्सिलोना तीनै टोलीले पहिलो हाफमा बराबरी खेलिरहेका छन् । रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओको खेल गोलरहित बराबरीमा छ भने एटलेटिको म्याड्रिड र ओसासुनाको खेलमा समेत कुनै गोल भएको छैन […]

152 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार ३७ औं चरणका सबै १० खेल एकै समयमा जारी छ । उपाधि होडमा रहेका एटलेटिको म्याड्रिड, रियल म्याड्रिड र बार्सिलोना तीनै टोलीले पहिलो हाफमा बराबरी खेलिरहेका छन् ।

रियल म्याड्रिड र एथ्लेटिक बिल्बाओको खेल गोलरहित बराबरीमा छ भने एटलेटिको म्याड्रिड र ओसासुनाको खेलमा समेत कुनै गोल भएको छैन । बार्सिलोनाले भने सेल्टा भिगोविरुद्ध पहिलो हाफमा अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । यस्तै चौथो स्थानमा रहेको सेभिया भिल्लारियलविरुद्ध १-० ले पछाडी रहेको छ ।

बार्सिलोनाले खेलको २८ औं मिनेटमा कप्तान लिओनेल मेस्सीको गोलमा अग्रता लिएको थियो । सर्जियो बुस्केट्सको लामो क्रसमा मेस्सीले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर पछि परेको १० मिनेट नबित्दै सेल्टा भिगोले गोल फर्कायो । सान्ती मिनाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले ठम्याउन नसक्दा सहज गोल भएको थियो ।

एटलेटिकोले ओसासुनाविरुद्ध लगातार आक्रमण बुनेपनि गोल गर्न सकेको छैन । लुइस सुआरेजले दुई पटक गोल गर्ने अवसर चुकाएका छन् । उनको एक प्रहार पोस्टमा समेत लागेको थियो । रियल र बिल्बाओबीच भने प्रतिस्पर्धा दुवैतर्फ उस्तै रहेको छ । रियलले बल पोसेसनमा पकड जमाएपनि डरलाग्दो आक्रमण गर्न सकेको छैन ।

आजको खेलमा एटलेटिकोले जित हासिल गरेर रियल जितबाट बन्चित भएमा एटलेटिकोले उपाधि जित्नेछ । त्यस्तै रियललाई पनि अंक तालिकाको शीर्ष स्थानमा उक्लने समिकरणको सम्भावना छ । त्यसका लागि एटलेटिकोले जित हासिल गर्नुहुन्न । बार्सिलोनाका लागि भने उपाधि सम्भावना जीवित राख्न आफ्नो जित र एटलेटिकोको हारको नतिजा आवश्यक छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.