default_image

3 years ago

May 16, 2021

गोलरक्षक एलिसनको गोलमा लिभरपुलको जित (गोलको भिडियोसहित)

एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ब्रोमविच आल्बियनलाई पराजित गरेको छ । अन्तिम समयमा एलिसनको गोलसँगै लिभरपुलले २-१ को जित दर्ता गरेको हो । वेस्ट ब्रोमले खेलको पहिलो हाफमा हाल रब्सन कानुको गोलमा अग्रता लिएको थियो । उनले १५ औं […]

179 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन गोलरक्षक एलिसन बेकरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ब्रोमविच आल्बियनलाई पराजित गरेको छ । अन्तिम समयमा एलिसनको गोलसँगै लिभरपुलले २-१ को जित दर्ता गरेको हो ।

वेस्ट ब्रोमले खेलको पहिलो हाफमा हाल रब्सन कानुको गोलमा अग्रता लिएको थियो । उनले १५ औं मिनेटमा माथिअस परेराको असिस्टमा गोल गरेका थिए । ३३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले साडियो मानेको पासमा गोल गर्दै जारी लिगमा आफ्नो गोल संख्या २२ पुर्याए ।

खेल बराबरीतर्फ धकेलिएको अवस्थामा प्रशिक्षक योर्गेन क्लोपले अन्तिम समयमा प्राप्त कर्नरमा गोलरक्षक एलिसनलाई आक्रमणमा पठाएका थिए । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका एलिसनले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नरलाई हेडर मार्फत गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै लिभरपुलको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा थप जोड पुगेको छ । लिभरपुलको ३६ खेलमा ६३ अंक छ । चौथो स्थानको चेल्सीको ६४ र तेस्रो स्थानको लेस्टरको ६६ अंक छ । चेल्सी र लेस्टरले अर्को साता एक अर्काको सामना गर्दैछन् ।

गोलको भिडियो :

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.