9 years ago
October 26, 2016
दिपक बोहोरा (पाँचथर)
फिदिममा जारी तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल फिदिम १ र आङसराङ बिच आज हुने भएको छ । मङगलबार सदरमुकाम फिदिममा भएको सेमिफाइनलको खेलहरु जित्दै दुबै टोली फाइनल प्रबेश गरेको हुन ।
फिदिमले याङनाम ४–१ को गोल अन्तरले जित निकाल्दै फाइनल प्रेबेश गरेको हो । पहिलो हाफमा फिदिमले २ गोल गरेको थियो । पहिलो हाफमा असल मगर र साजन मगरले गोल गरेका थिए । दोस्रो हाफमा मिलन सम्वाहाफे र सरण वस्नेतले गोल थप्दा जीत फराकिलो अन्तरको बन्न पुग्यो । फिदिमका जिवन भण्डारी पास लाइ गोल गर्देै फिदिमले जित निकालेको हो ।
याङनामले १ गोल फर्काएर खेलमा फकर्ने प्रयास गरेपनि सम्भव भएन । फिदिमको अगाडी याङनाम निरही देखिन्थ्यो । खेल प्रतिस्पर्धात्मक देखिएपनि याङनामले मौकाको फाईदा लिन सकेन । याङनामका एक खेलाडी रेड कार्ड पाएर वाहिरे पछि याङनाम ८ खेलाडीमा सिमित हुन पुग्यो ।
त्यस्तै विहान भएको अर्को सेमीफाईनमा आङसराङले फिदिम–३ लाई पराजित गरेर घर फर्काइदिएको छ । आङसराङले १–० को जित निकाले हो । अत्यान्त प्रतिस्र्धात्मक खेलको इन्जुरी समयमा आङसराङका दिनेश कुरुम्वाङले गोल गर्दै जित दिलाए । डिवक्स एरियामा वान भर्सेस वानको मौकालाई कुरुङम्बाङले गोलमा परिणत गराएका थिए ।
उपाधिका वुधवार यि दुई टिम भिड्ने छन् । दुवै टिमको कडा प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ । नेपाल तरुण दल पाँचथरले ६४ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ नगद र ट्रफि उचाल्ने छ ।
उपविजेताले भने ३५ हजार रुपैयाँ नगद र ट्रफिमा चित्त वुझाउनु पर्ने छ । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।
फाईनल खेलमा पूर्व राजनीतिक दल भर्सेस पत्रकारहरु विचको मैत्रिपूर्ण खेल राखिएको अध्यक्ष सुमन लामाले जानकारी दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]