9 years ago
October 26, 2016
दिपक बोहोरा (पाँचथर)
पाँचथर तरुण दलको आयोजनामा भइरहेको तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधी फिदिम १ जितेको छ । वुधवार भएको अत्यान्त प्रतिस्पर्धात्मक खेलमा कडा प्रतिद्वन्दि आङसराङलाई झिनो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । १–० अन्तरको जित फिदिमले निकालेको हो । इन्जुरी समयमा फिदिमले गरेको गोल जितका लागि पर्याप्त बन्यो । फिदिमका नरेश सम्वाहाफेले गरेको प्रहरालाई आङसराङका डिफेन्डरको गल्तीका कारण आङसराङ पराजित भएको हो ।

आङसराङका खेलाडीहरुले राम्रो प्रर्दशन गरेपनि गोल लगाउने मौकालाई सदुपयोग गर्न सकेनन । अन्नत उपबिजेतामा चित बुझाउनु प¥यो । खेल हारे पनि आङसराङका खेलाडीहरुले दर्शकको मन जित्न भने सफल रहेका छन ।
विजेता टिम फिदिम १ ले ५१ हजार रुपैयाँ नगद र ट्रफि पाएको छ । संसदको उद्योग, वाणिज्य तथा आपूर्ती हक हित संरक्षण समितिका सभापति नेपाली काग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले प्रथम पुरस्कार र ट्रफि हस्तान्तरण गरे । उपविजता टिमले ३५ हजार नगद र ट्रफिमा चित्त वुझाउनु पायो । उपविजेतलाई नेपाली काग्रेसका पाँचथर सभापति नरेन्द्र कुमार केरुङले पुरस्कार हस्तान्तरण गरे ।
म्यान अफ दि म्याच सन्जु तामाङ भए । प्रतियोगताका उत्कृष्ट खेलाडी आङसराङका प्रदिप आङदेम्बे बने । यस्तै सर्वाधिक गोलकर्ता लुङरुपाका साजन राई भए । उनले प्रतियोगिता अवधिमा ६ गोल गरेका थिए ।

नेपाल तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिता जिल्लाका २२ टिमको सहभागिता भएको अध्यक्ष सुमन लामाले जानकारी दिए । यसैविच फाईनलको अवसरमा पत्रकार र राजनीतिक दल विच भएको मैत्रिपूर्ण खेलमा पत्रकारको टोलि विजय भएको छ । राजनीतिक दलको टिम २–१को अन्तरले पराजित बन्यो । पत्रकारका सन्देश सुब्बा, कृष्ण कन्दवाले एक एक गोल गरे । राजनीतिक दलको तर्फवाट गजाधर भटराईले गोल गरेका थिए । प्रमुख पार्टिक शिर्ष नेताहरुसँग पत्रकारले प्रतिस्पर्धा गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]