default_image

3 years ago

May 21, 2021

लियो मेस्सो आर्सनलमा अनुबन्धित

48 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीको भविष्य के हुने अझै भन्न सकिने अवस्था बनिसकेको छैन । उनी क्लबमै रहने वा क्लब छाड्ने उनी आफैले निर्णय गर्नेछ ।

बार्सिलोनामा मेस्सीको भविष्य अनिश्चित बनिरहँदा इंग्लिस क्लब आर्सनलले प्रतिभाशाली लिओ मेस्सोलाई अनुबन्ध गरेको छ । १० वर्षीय मेस्सोलाई आर्सनलले बिहीबार अwनुबन्ध गरेको जनाएको छ । उनी यो सिजन २०२१–२२ को सिजनसँगै आर्सनलको एकेडेमीमा जोडिनेछ ।

केन्यामा जन्मिएका प्रतिभाशाली युवा खेलाडी मेस्सो वेस्ट ह्याम युनाइटेडको एकेडेमीबाट आएका हुन् । उनले भविष्यमा केन्या अथवा इंग्ल्यान्डबाट खेल्न सक्नेछन् । उनले आर्सनलमा ९ नम्वरको जर्सी लगाएको तस्वीर सार्वजनिक भएको छ । यस्ता युवा खेलाडीको अनुबन्धले पनि विशेष अर्थ राख्दछ ।

मेस्सोमा पनि मेस्सीमा जस्तै शारीरिक बनावट सोचेजस्तै गरी विकास हुन सकेको छैन । मेस्सोको किशोरावस्थाका कठिनाई र उसको शरीरको शारीरिक विकास र एकेडेमीमा प्रशिक्षणको जिम्मा आर्सनलले लिने छ ।

अर्जेन्टिनामा जन्मिएपनि मेस्सी १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमी ला मासियामा आवद्ध हुन पुगेका थिए । शारीरिक विकासमा समस्या रहेको मेस्सीको सम्पुर्ण खर्च बार्सिलोनाले नै लिएको थियो । ३३ वर्षीय मेस्सी अहिले विश्व फुटबलको एक हस्तीको रुपमा परिचित छन् । उनी अहिले पनि बार्सिलोनाकै लागि खेलिरहेका छन् ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.