default_image

3 years ago

May 22, 2021

बेन्जेमा अर्काे कीर्तिमान नजिक

62 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा क्लबमा नयाँ कीर्तिमान नजिक पुगेका छन् । आज (शनिबार) राति हुने ला लिगाको अन्तिम खेलमा भिल्लारियलविरुद्ध मैदान उत्रिएको अवस्थामा बेन्जेमा रियलका लागि सबैभन्दा धेरै खेल खेल्ने सुचीमा समावेश हुनेछन् ।

भिल्लारियलविरुद्धको खेल बेन्जेमाका लागि ५५९औं खेल हुनेछ । उनी रियलका लागि धेरै खेल खेल्ने खेलाडीको सूचीमा शीर्ष १० मा पुग्नेछन । यो खेलपछि बेन्जेमाले मिचेल गोन्जालेजले खेलेको खेलको संख्यालाई बराबरी गर्नेछन । यस्तै बेन्जेमा रियलका लागि एक्सक्लुसिभ क्लवमा समावेश हुने एक्लो विदेशी खेलाडी बन्नेछन ।

रियलका लागि धेरै खेल खेल्ने खेलाडीमा शिर्ष स्थानमा राउल छन् । उनले ७४१ खेल खेलेका छन् । पूर्व कप्तान तथा गोलरक्षक इकर कासिलासले ७२५ खेल खेलेका छन् । यस्तै सान्चिसले ७१०, हालका कप्तान सर्जियो रामोसले ६७१ र सान्टालिनाले ६४५ खेल खेलेका छन् ।

यस्तै हिर्रोले ६०१ खेल खेल्दा जेन्टोले रियलका लागि ६०० खेल खेलेका छन् । बेन्जेमाको रियलसँगको सम्झौता सकिन एक बर्षको समय बाँकी छ । उनको नयाँ सम्झौताको प्रस्ताव अहिले नै टेबलमा रहेको छ । उनले नयाँ सम्झौता गरेर नियमित खेलेको खण्डमा उनी रियलका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्न सक्नेछन ।

सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियलमा अनुबन्ध भएका ३३ वर्षीय बेन्जेमाले यो सिजनमा ४५ खेलमा २९ गोल गरेका छन् । भिल्लारियलविरुद्धको खेल उनको यो सिजनको ४६औं खेल हुनेछ ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.