default_image

5 years ago

May 23, 2021

प्रिमियर लिगबाट अगुएरोको यादगार बिदाइ

194 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले लिगको अन्तिम खेलमा यादगार बिदाइ पाएका छन् ।

लिगको अन्तिम खेलमा सिटीले घरेल मैदानमा एभर्टनलाई ५-० ले पराजित गर्दा अगुएरोले दुई गोल गरे । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले कीर्तिमान रच्दै प्रिमियर लिगबाट बिदा भए । पहिलो हाफमा केभिन डे ब्रुएन र ग्याब्रिएल जेससको गोलमा सिटीले अग्रता लिएको थियो । दोस्रो हाफमा फिल फोडेनसँगै अगुएरोको दुई गोलमा सिटीले सहज जित दर्ता गर्यो ।

खेल सुरु हुनुअघि सम्मानस्वरूप सिटीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए । ६५ औं मिनेटमा रियाद माहरेजको स्थानमा मैदान प्रवेश गरेका उनले चार मिनेटपछि नै गोल गरे । फर्नान्डीन्होले पेनाल्टी क्षेत्र बाहिर खोसेको बललाई अगुएरोले आउटसाइड फुटबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ५ मिनेटपछि अगुएरोले फर्नान्डीन्होकै पासमा दोस्रो गोल गर्न सफल रहे ।

अगुएरोले अन्तिम खेलमा दुई गोल गर्दै वायन रोनीले राखेको प्रिमियर लिग कीर्तिमान समेत तोडेका छन् । रोनीले म्यानचेस्टर युनाइटेडका लागि १ सय ८३ गोल गरेका थिए । अगुएरोले समग्रमा १ सय ८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

अगुएरोले सिटीको जर्सीमा खेल्दै ५ पटक प्रिमियर लिग उपाधि जिते । सन् २०११/१२ सिजनको अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै अगुएरोले इतिहासमा आफ्नो नाम लेखाएका थिए । उनले क्विन्स पार्क रेन्जर्सविरुद्ध उक्त गोल गर्दै सिटीलाई पहिलो प्रिमियर लिग उपाधि दिलाएका थिए । उक्त गोलका कारण नै म्यानचेस्टर युनाइटेड उपाधिबाट विमुख भएको थियो ।

त्यसयता अगुएरोले सिटीको जर्सीमा थुप्रै उपाधि जितेका छन् । घरेलु फुटबलमा एक पछि अर्को उपाधि जितेका उनले च्याम्पियन्स लिगमा भने सोहि सफलता पाएनन् । अगुएरोसँग अब उक्त लक्ष्य पूरा गर्ने अवसर छ । सिटीले अर्को साता च्याम्पियन्स लिग फाइनलमा चेल्सीसँग खेल्दैछ ।

अगुएरोले च्याम्पियन्स लिग सकिएपछि आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन् । यद्यपि बार्सिलोनासँग उनको सम्झौता भइसकेको पनि जनाइएको छ । उनले फ्रि ट्रान्सफरमा क्याटलान क्लब जाने निर्णय गरेपनि फाइनलपछि मात्र घोषणा गर्ने भएका हुन् ।

यो पनि : चेल्सी र लिभरपुल च्याम्पियन्स लिगमा, लेस्टर पाँचौ

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.