default_image

3 years ago

May 24, 2021

एमबाप्पेलाई दोहोरो उपाधि

42 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पेले फ्रान्सेली लिगको सर्वाधिक गोलकर्ता सँगै लिगको सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि जितेका छन् ।

लिगमा ३१ खेल खेल्दै उनले २७ गोल गर्न सफल रहे । पिएसजी लिगको उपविजेतामा सिमित भएपनि व्यक्तिगत रुपमा भने एमबाप्पेका लागि सिजन सफल नै रहयो । सिजनको अन्त्यसंगै उनको भविष्यमा पनि प्रश्न उठ्न थालेको छ । तर एमबाप्पेले त्यसमा खुलेर बोल्न चाहेनन् ।

‘म मात्र जित्न चाहन्छु । म अहिले जहाँ छु, त्यहाँ धेरै कुरा हासिल गर्न सक्छु । यहाँको योजना निकै राम्रो छ,’ उनले भने,’ करिअरमा सबैभन्दा महत्त्वपूर्ण त्यहि नै हो । योजना राम्रो भएन भने भविष्य निर्धारण गर्न सकिन्न ।’

‘पिएसजी र मेरो प्रतिनिधिबीच सम्झौता नवीकरण गर्ने छलफल चलिरहेको छ । हेरौं अब के हुन्छ । म यहाँ सधैं खुसी छु र पछिल्लो चार वर्ष निकै फलदायी भएको छ,’ उनले भने ।

‘क्लबसँग मेरो सम्बन्ध राम्रो छ । अध्यक्षदेखि समर्थकसम्म सबै सकारात्मक छ । क्लबलाई पनि यो थाहा छ । म क्लब, यो सहर र आफ्नो देशसँग नजिक छु,’ एमबाप्पेले थपे ।

पिएसजीका अध्यक्ष नासेर अल खलिफाले पनि एमबाप्पेको भविष्यलाई लिएर शंका गर्ने ठाउँ नरहेको प्रष्ट पारे । उनले क्लब र उनको सम्बन्ध राम्रो रहेकाले उनी पेरिसमा रहनेमा विश्वस्त रहेको बताए ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.