default_image

3 years ago

May 27, 2021

जिदानले रियल म्याड्रिड छाड्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिने भएका छन् । जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केहि खेलाडीलाई जानकारी दिएको स्पेनिस पत्रिका एएसले जनाएको छ । क्लबमा दोस्रो कार्यकालमा रहेका जिदानको टोलीले यस सिजन कुनै उपाधि जित्न सकेको थिएन । टोली सहरी प्रतिद्वन्द्वी एटलेटिको […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिने भएका छन् ।

जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केहि खेलाडीलाई जानकारी दिएको स्पेनिस पत्रिका एएसले जनाएको छ । क्लबमा दोस्रो कार्यकालमा रहेका जिदानको टोलीले यस सिजन कुनै उपाधि जित्न सकेको थिएन । टोली सहरी प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडभन्दा पछि रहेर लिग अन्त्य गरेको थियो ।

जिदानले लिगको अन्तिम दिनपछि मात्र आफ्नो भविष्यबारे निर्णय लिने बताउँदै आएका थिए । लिग उपाधि नजिक पुगेर पनि बन्चित भएपछि जिदानले केहि दिनमा निर्णय सुनाउने जानकारी दिएका थिए । क्लबसँग सम्झौता समाप्त भइसकेको अवस्थामा नयाँ प्रक्रियाका लागि तयार नरहेपछि जिदानले क्लब नफर्कने निर्णय लिएका हुन् ।

बुधबार मात्र इटालियन च्याम्पियन्स इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले पदमुक्त भएका थिए । अब उनले रियल म्याड्रिडको टोली सम्हाल्ने आंकलन गरिएको छ ।

यो पनि :

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.