default_image

3 years ago

May 27, 2021

यू १९ का पूर्व कप्तान अर्पणलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय यू १९ फुटबल टोलीका पूर्व कप्तान अर्पण कार्कीलाई मातृशोक परेको छ । कोरोना संक्रमणका कारण नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा अपर्णकी आमा ५० वर्षिय सरस्वती कुवर कार्कीको गए राती १२ः०६ बजे निधन भएको हो । वैशाख १७ गते कोरोना संक्रमण भएपछि कार्कीको तीन साता अघि कोहरपुरमा आइसियूमा उपचार भइरहेको अर्पणले […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय यू १९ फुटबल टोलीका पूर्व कप्तान अर्पण कार्कीलाई मातृशोक परेको छ । कोरोना संक्रमणका कारण नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा अपर्णकी आमा ५० वर्षिय सरस्वती कुवर कार्कीको गए राती १२ः०६ बजे निधन भएको हो ।

वैशाख १७ गते कोरोना संक्रमण भएपछि कार्कीको तीन साता अघि कोहरपुरमा आइसियूमा उपचार भइरहेको अर्पणले जानकारी दिए । महेन्द्रनगर निवासी कार्की कञ्चनपुरकै बेदकोट नगरपालिकामा सिनियर अनमीका रुपमा कार्यरत थिइन् ।

यू १४, १६, १९ को कप्तानी गरिसकेका गोलकिपर अर्पणले ललितपुर सिटी एफसीबाट जेठ १ गते दशरथ रंगशालामा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए । डेढ वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता टोलीका सदस्य अर्पणको कप्तानीमा टोलीले भुटानमा यू १८ साफ च्याम्पियनसिप जितेको थियो ।

अर्पणका बिहीबार नेपालगन्ज पुगेका छन् । उनका अनुसार आमाकको आज महेन्द्रनगरमा दाहासंस्कार गरिनेछ । कार्कीका श्रीमान् तथा अपर्णसहित २ छोरा छन् ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.