default_image

3 years ago

May 27, 2021

जिदान रियलका सर्वाधिक सफल प्रशिक्षक

एजेन्सी – रियल म्याड्रिडको सर्वाधिक सफल प्रशिक्षकका रुपमा जिनेदिन जिदानले दोस्रो कार्यकाललाई अन्त्य गर्दै क्लब छाडेका छन् । मेगुइल मुनोजले जिदानको भन्दा बढी उपाधि जितेपनि दुई पटकको कार्यकालमा जिदानले कम खेलमा ११ उपाधि दिलाएका थिए । मुनोजले १४ उपाधि जिताएका थिए । मुनोजले भन्दा ३ सय ४३ खेल कम खेलाएका जिदानले ११ उपाधि टोलीलाई दिलाएका […]

80 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडको सर्वाधिक सफल प्रशिक्षकका रुपमा जिनेदिन जिदानले दोस्रो कार्यकाललाई अन्त्य गर्दै क्लब छाडेका छन् । मेगुइल मुनोजले जिदानको भन्दा बढी उपाधि जितेपनि दुई पटकको कार्यकालमा जिदानले कम खेलमा ११ उपाधि दिलाएका थिए । मुनोजले १४ उपाधि जिताएका थिए ।

मुनोजले भन्दा ३ सय ४३ खेल कम खेलाएका जिदानले ११ उपाधि टोलीलाई दिलाएका हुन् । मुनोजले ६ सय ५ खेलमा रियलको प्रशिक्षणमा सम्हालेका थिए । रियलका पूर्व खेलाडी जिदानले भने २ सय ६३ खेलमा रियलको जिम्मेवारी सम्हाले। जिदानले औसतमा हरेक २३ खेलमा एक उपाधि जिताएका थिए । त्यो क्लब इतिहासकै सबैभन्दा सफल नतिजा हो ।

फ्रान्सेली टोलीका पूर्व कप्तान समेत रहेका जिदानको प्रशिक्षणमा रियलले १ सय ७४ खेलमा जित, ५३ खेलमा बराबरी र ३६ खेलमा हार बेहोरेको थियो । उनको कार्यकालमा टोलीले ६६ प्रतिशत जित निकालेको थियो । यो सिजन रियलले १८ खेलसम्म अपराजित यात्रा तय गरेको थियो ।

तीन पटक युरोपियन च्याम्पियन

रियल युरोपियन फुटबलमा लगातार तीन पटक च्याम्पियन्स लिग जित्ने प्रशिक्षकका रुपमा सधै चर्चामा रहनेछन् । उनले पहिलो कार्यकालमा त्यो सफलता हासिल गरेका थिए । उनले आफ्नो कार्यकालमा २ पटक ला लिगा उपाधि दिलाएका थिए । लिग नजितेको सिजन पनि उनले अन्तिम दिनसम्म रियलको सम्भावना कायम राखेका थिए ।

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

Success

Thank you for your time.