default_image

3 years ago

May 28, 2021

इराकसँग खेल्नुअघि नेपालको फिफा वरियता यथास्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा कायम रहेको छ । फिफाको यसअघिको वरियता सार्वजनिक गरेयता एक मात्र खेल भएका कारण फिफा वरियताको शीर्ष ५० मा पनि कुनै परिवर्तन छैन । एक मात्र खेलका रुपमा युक्रेन […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाल यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा कायम रहेको छ ।

फिफाको यसअघिको वरियता सार्वजनिक गरेयता एक मात्र खेल भएका कारण फिफा वरियताको शीर्ष ५० मा पनि कुनै परिवर्तन छैन । एक मात्र खेलका रुपमा युक्रेन र बहराइनबीच भएको मैत्रीपूर्ण खेल १–१ को बराबरी खेलेको थियो । २ सय १० राष्ट्रको वरियतामा बहराइन भने एक स्थानमाथि उक्लेको छ । युक्रेन २४ औं स्थानमा यथवात छ ।

फिफाले अब अगस्ट १२ मा सार्वजनिक गर्ने अर्को वरियतामा भने ठूलो परिवर्तन आउने सम्भावना छ । किनकी अब आउने साता अन्तर्राष्ट्रिय फुटबलहरु हुँदैछन् । एसिया र अफ्रिकी महादेशमा विश्व कप छनोटका खेल हुँदैछन् । त्यस्तै जुन ११ देखि जुलाई ११ सम्म युईएफए युरो २०२० आयोजना हुँदैछ । त्यस्तो कोपा अमेरिका पनि जुनमा सुरु हुँदैछ ।

चैत १६ गते स्वदेशमा थ्री नेसन्स कप फाइनलमा बंगलादेशलाई २–१ ले हराएको नेपाली टोली पनि यति बेला अन्तर्राष्ट्रिय यात्रामा छ । अब हुने वरियतामा नेपालको स्थानमा पनि परिवर्तन हुने सम्भावना रहन्छ । नेपाली टोलीले शनिबार इराकसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि टोली विश्व कप छनोटका लागि कुवेत यात्रामा निस्कनेछ । कुवेतमा नेपाली टोलीले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ ।

दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा छ । भारत १ सय पाँचौं स्थान र माल्दिभ्स एक सय ५५ औं स्थानमा छ । नेपालभन्दा पछाडि बंगलादेश १ सय ८४ औं, भुटान १ सय ८७ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय चारौं स्थानमा छ । फिफा वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । विश्व कप विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ःल्यान्ड चौथो, पोर्चुगल पाँचौं, स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दसौं स्थानमा छ ।

  • थ्री नेसन्स कपको फाइनल नेपाल २-१ ले विजयी भएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.