default_image

3 years ago

May 29, 2021

इराकविरुद्ध नेपालको सम्भावित ११

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ । खेल सुरु भएपछि उक्त प्रसारणको लिंक हाम्रो खेलकुद डटकम मार्फत पनि प्राप्त गर्न सक्नुहुनेछ ।

सम्भावित टोलीको समिकरण

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिने पक्का जस्तै देखिन्छ । विंगब्याकमा दिनेश राजवंशी र सुमन अर्याल खेल्ने प्रबल सम्भावना छ । यसबाहेक विकास खवास र गौतम श्रेष्ठ पनि विकल्पमा छन् ।

मिडफिल्डमा भने यसपटक नयाँ स्वरूप देखिने आँकलन गरिएको छ । रक्षात्मक भूमिकामा पुजन उपरकोटी र सुरज जिउ ठकुरीमा एक जनाले खेल्ने सम्भावना छ । अनुभवी विशाल राईसँगै एरिक विष्ट, सन्तोष तामाङ र कमल थापा पनि सेन्टर मिडफिल्ड भूमिकाका लागि प्रतिस्पर्धामा छन् । आयुष घलानको रुपमा प्राविधिक पाटो सुदृढ पार्ने प्रशिक्षकको रणनीति पनि हुन सक्छ । सुरुवाती रोजाइमा पुजन, सन्तोष र विशाल खेल्ने बलियो सम्भावना छ ।

आक्रमणमा विंगरका रुपमा अन्जन विष्ट र मनिष डाँगी विंगमा खेल्ने सम्भावना छ । फरवार्डका रुपमा नवयुग श्रेष्ठको दावेदारी रहनेछ । आशिष लामा र अभिषेक रिजाल पनि आफूलाई सिद्ध पार्न अवसरको पर्खाइमा छन् । सुमन लामा र सुनिल बल वैकल्पिकका रुपमा खेलमा आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् ।

यो पनि पढ्नुहोस – इराक विरुद्ध नेपाल : सम्पूर्ण जानकारी

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.