default_image

3 years ago

May 29, 2021

इराक विरुद्ध नेपाल : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । मंगलबार नेपालबाट प्रस्थान […]

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । मंगलबार नेपालबाट प्रस्थान गरेको टोलीले बुधबार इराक पुगेर होटेलमै सामान्य रिकभरी गरेको थियो । विहीबार र शुक्रबार टोलीले पूर्ण प्रशिक्षण गरेको छ । शनिबार खेल हुने स्थलमा तापक्रम ४७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्दैछ । खेल सुरु भएपछि उक्त प्रसारणको लिंक हाम्रो खेलकुद डटकम मार्फत पनि प्राप्त गर्न सक्नुहुनेछ ।

सम्भावित टोलीको समिकरण

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दको जोडीले नै निरन्तरता दिने पक्का जस्तै देखिन्छ । विंगब्याकमा दिनेश राजवंशी र सुमन अर्याल खेल्ने प्रबल सम्भावना छ । विकास खवास र गौतम श्रेष्ठ पनि विकल्पमा छन् ।

मिडफिल्डमा भने यसपटक नयाँ स्वरूप देखिने आँकलन गरिएको छ । रक्षात्मक भूमिकामा पुजन उपरकोटी र सुरज जिउ ठकुरीले खेल्ने सम्भावना छ । अनुभवी विशाल राईसँगै एरिक विष्ट, सन्तोष तामाङ र कमल थापा पनि सेन्टर मिडफिल्ड भूमिकाका लागि प्रतिस्पर्धामा छन् । आयुष घलानको रुपमा प्राविधिक पाटो सुदृढ पार्ने प्रशिक्षकको रणनीति पनि हुन सक्छ ।

आक्रमणमा विंगरका रुपमा अन्जन विष्ट वा मनिष डाँगी राइट विंगमा देखिने सम्भावना छ । प्रशिक्षक अलमुताइरीले दुवैलाई खेलाउन पनि सक्छन् । फरवार्डका रुपमा नवयुग श्रेष्ठ र आशिष लामाको दावेदारी रहनेछ । अभिषेक रिजाल पनि आफूलाई सिद्ध पार्न अवसरको पर्खाइमा छन् । सुमन लामा र सुनिल बल वैकल्पिकका रुपमा खेलमा आफ्नो प्रभाव जमाउन प्रयासरत हुनेछन् ।

प्रशिक्षकको भनाइ

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलको पूर्वसन्ध्यामा बोल्दै इराकविरुद्ध खेल आफ्नो टोलीका लागि पहिलो परिक्षण रहेको बताएका छन् । उनले नतिजा आफ्नो ठाउँमा रहेपनि यो खेल टोलीको समिकरण प्रयोग गर्न ध्यान दिइने बताए । उनले खेलाडीहरुको प्रदर्शन हेर्न यो खेल महत्त्वपूर्ण हुने बताएका छन् ।

प्रशिक्षक अलमुताइरीले खेलमा जस्तोसुकै नतिजा आएपनि आफ्नो जिम्मेवारी रहने प्रष्ट पारेका छन् । उनले खेलाडीले आफ्नो योजनामा खेल्ने भएकाले खेलाडीमा प्रश्न उठाउन नमिल्ने बताए । अलमुताइरीले कुवेतमा हुने तीन खेललाई यस खेलसँग दाँज्न नहुने पनि प्रष्ट पारे । युवा टोली भएकाले केहि समय लाग्ने र यो नियमित प्रक्रियाको पाटो रहेको उनले बताए ।

थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले टोली घोषणा गरेका थिए । थ्री नेसन्स कप जित्दाका १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भए ।

मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् ।

फरक स्तरका टोली

सन् १९८६ को विश्व कप खेलेको इराक यसै पनि नेपालमाथि बलियो छ । एसिया कप जितिसकेको इराक नेपाल भन्दा फिफा वरियतामा १ सय ३ स्थान माथि छ । नेपालको वरियता १ सय ७१ औं स्थानमा छ । विश्व कप छनोटको तयारीमा रहेको इराक आफ्नो समूहको शीर्षस्थानमा छ भने नेपाल चौथो स्थानमा छ । त्यसैले धेरै आशा गर्ने ठाँउ छैन ।

त्यो राम्ररी बुझेका अलमुताइरीले शुक्रबार पत्रकार सम्मेलनमा भनेका छन्, ‘हाम्रो लागि नतिजा होइन प्रदर्शन महत्वपूर्ण हो ।’ उनले विश्वास गरेका खेलाडीले कस्तो प्रदर्शन गर्छन् उनका लागि त्यसमा बढी चासो रहनेछ ।

हेड टु हेड

यसैपनि इराकविरुद्ध ३ खेलमा नेपालले हार बेहोरेको थियो । भारतमा १९८२ मा भएको एसियाली खेलकुदमा यी दुई टोलीबीच पहिलो भेट भएको थियो । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । त्यसमा नेपाल टोली ३–० को हार बेहोरेको थियो । त्यसपटक एकै पटक यी दुई टोलीबीच २००१ मा विश्व कप छनोटमा आमना सामना भएको थियो ।

जसमा पहिलो खेलमा ९–१ ले हारेको नेपालले अर्को खेलमा कडा टक्कर दिने क्रममा ४–२ को हार बेहोरेको थियो । त्यसबेला पहिलो पटक इराकको पोष्टमा नेपाली खेलाडी गोल गर्न सफल भए । नीराजन रायमाझीले पहिलो र दोस्रो दुवै खेलमा गोल गर्दा दोस्रोमा हरि खड्काले पनि गोल गरेका थिए । दुई दशकपछि हुने इराकविरुद्ध मैत्रीपूर्ण खेलमा यदि कुनै खेलाडी गर्न सफल भएको खण्डमा त्यो उनका लागि पनि स्मरणीय हुनेछ ।

इराकसँग खेलेपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

यो पनि : प्रशिक्षक अलमुताइरीलाई शंकाको लाभ दिनुपर्छ

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.