default_image

3 years ago

May 30, 2021

‘हार्दा निराश छौं’ – ग्वार्डिओला

एजेन्सी – पेप ग्वार्डिओलाले च्याम्पियन्स उपाधिका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ । शनिबार प्रिमियर लिगको अर्को टोली चेल्सीसँग १–० ले पराजित हुँदै ग्वार्डिओलको म्यानचेष्टर सिटी उपाधि विहिन भएको थियो । बार्सिलोनामा हुँदा २ पटक च्याम्पियन्स लिग जितेको ग्वार्डिओलाको प्रशिक्षणमा सिटी क्लब इतिहासमा पहिलो पटक फाइनल पुग्न सफल भएको थियो । ठूलो लगानीबाट तयार भएको […]

40 views

0 Bookmark

एजेन्सी – पेप ग्वार्डिओलाले च्याम्पियन्स उपाधिका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ । शनिबार प्रिमियर लिगको अर्को टोली चेल्सीसँग १–० ले पराजित हुँदै ग्वार्डिओलको म्यानचेष्टर सिटी उपाधि विहिन भएको थियो ।

बार्सिलोनामा हुँदा २ पटक च्याम्पियन्स लिग जितेको ग्वार्डिओलाको प्रशिक्षणमा सिटी क्लब इतिहासमा पहिलो पटक फाइनल पुग्न सफल भएको थियो । ठूलो लगानीबाट तयार भएको सिटीलाई यस पटक बलियो दाबेदारका रुपमा हेरिएको थियो । तर टोली सफल हुन सकेन ।

प्रिमियर लिग विजेता सिटीले च्याम्पियन्स लिग जित्न नसकेपछि स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले आफ्नो क्लब र खेलाडीको बचाउ गरेका छन् । ‘६० वर्ष लामो इतिहास भएको प्रतियोगितामा ४, ५ वा ६ पटक सम्म जित्ने टोलीहरु छन्,’ उनले भने ।

‘हामीले पहिलो हाफमा केहि राम्रो खेल्नु पर्थ्यो । यो हाम्रो पहिलो फाइनल थियो । हामीले धेरै चुनौतीको सामना गरेनौं । उनीहरुले एउटा मौका पाए । हामी रक्षापंक्तिमा बलियो थियौं । धेरै मौका पायौं । तर त्यसलाई सदुपयोग गर्न सकेनौं । उनीहरुले जिते ।’

सिटीले खराब नै खेलेको थिएन

ग्वार्डिओलालाई थाहा सानो गल्तिको मूल्य कति हुन्छ भन्ने । ‘खेल निकै प्रतिस्पर्धात्मक थियो । हामीले बलियो टोलीविरुद्ध राम्रै चुनौती पेश गरेका हौं,’ प्रिमियर लिग जिताएका उनले भने, ‘यो सिजन हाम्रो राम्रो रह्यो । हार्दा निराश भएका छौं । रहिम स्टर्लिङ र फिल फोडेनले मौका पनि पाएका थिए । दोस्रो हाफमा पनि आक्रमण गरेका थियौं ।’

पहिलो हाफको अन्त्यतिर भने टोली केहि निष्क्रिय रहेको ग्वार्डिओलालेब बताए । ‘हामीले राम्रो चुनौति दिएका हौं । तर यो हाम्रो पहिलो पटक थियो’, उनले थपे, ‘जितका लागि चेल्सीलाई हामी बधाई दिन्छौं ।’

यो पनि :

‘सिटीको जुत्तामा ढुंगा बन्न चाहन्थ्यौं’ – चेल्सीका प्रशिक्षक टुचेल

ग्वार्डिओलाले गुमाए मौका

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

Success

Thank you for your time.