default_image

3 years ago

May 30, 2021

‘सिटीको जुत्तामा ढुंगा बन्न चाहन्थ्यौं’ – चेल्सीका प्रशिक्षक टुचेल

एजेन्सी – थोमस टुचेलले एक वर्षभन्दा कम समयमा दोस्रो प्रयासमा च्याम्पियन्स लिग उपाधि जितेका छन् । शनिबार म्यानचेष्टर सिटीलाई १–० ले हराउँदै टुचेलको चेल्सीले उपाधि जितेको हो । गत सिजन उनको प्रशिक्षणमा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । त्यति बेला पिएसजी जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको […]

57 views

0 Bookmark

एजेन्सी – थोमस टुचेलले एक वर्षभन्दा कम समयमा दोस्रो प्रयासमा च्याम्पियन्स लिग उपाधि जितेका छन् । शनिबार म्यानचेष्टर सिटीलाई १–० ले हराउँदै टुचेलको चेल्सीले उपाधि जितेको हो ।

गत सिजन उनको प्रशिक्षणमा पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । त्यति बेला पिएसजी जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको थियो । उपाधि जितेपछि जर्मन प्रशिक्षक टुचेलले यो सिजनको फाइनल फरक भएको स्वीकार गरे ।

‘दोस्रो पटकको प्रयासमा जित्न सफल हुनु साह्रै सुखद हो । तर यो अझै फरक छ,’ उनले भने, ‘हरेक दिन जसो हामी उपाधिको नजिक पुगेका थियौं । खेलाडीहरु जितका लागि प्रतिबद्ध थिए । हामी सिटीको जुत्तामा ढुंगा बन्न चाहन्थ्यौं ।’

आफ्नो टोली बहादुरीपूर्वक प्रतिस्पर्धा गर्न चाहेको र दोस्रो हाफमा भने कडा प्रतिस्पर्धा भएको टुचेलले बताए । उनले थपे, ‘यो साच्चै अविश्वसनिय थियो । सबैसँग यो खुसी साट्न पाउनु आनन्द महससु हुन्छ, साच्चै तीव्र प्रतिस्पर्धा थियो । कस्तो महसुस गरिरहेको छु भन्ने शब्द छैन ।’

सिटीविरुद्ध निर्णायक गोल गर्ने काइ हाभर्ट्जका प्रति गर्व महसुस भएको उल्लेख गर्दै टुचेलले भने, ‘उनी बलिया छन् । उनले फेरी एकपटक उच्च प्रदर्शन गरे । म एकदम खुसी छु ।’

यो पनि :

‘हार्दा निराश छौं’ – ग्वार्डिओला

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.