default_image

3 years ago

May 31, 2021

कोरोना नेगेटिभसँगै कुवेतमा फुटबल टोलीको जिम सेसन

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको २३ खेलाडीसहित ३५ जनाकै पिसिआर टेष्ट नेगेटिभ आएको छ । शनिबार इराकसँग बस्रा रंगशालामा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट स्थलमार्ग हुँदै आइतबार राती स्थानिय समय अनुसार करिब १० बजे कुवेत पुगेको थियो […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ का छनोट चरणका बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीको २३ खेलाडीसहित ३५ जनाकै पिसिआर टेष्ट नेगेटिभ आएको छ ।

शनिबार इराकसँग बस्रा रंगशालामा मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली त्यहाँबाट स्थलमार्ग हुँदै आइतबार राती स्थानिय समय अनुसार करिब १० बजे कुवेत पुगेको थियो । कुवेत पुगेपछि गरिएको पिसिआर टेष्टमा नेगेटिभ रिपोर्ट आएको अखिल नेपाल फुटबल संघ (एन्फा) सदस्य समेत रहेका टोलीका व्यवस्थापक मदुसुदन उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार टोलीका खेलाडी सोमबार बिहान जिममा पनि समय बिताए भने साँझ प्रशिक्षण गर्नेछन् ।

नेपालले इराकसँगको खेल ६–२ ले गुमाएको थियो । पहिलो हाफमा एक समय अञ्जन विष्ट र मनीष डाँगीको गोलमा २–१ को अग्रता बनाएपनि पछि भने सम्हालिन सकेन । कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।

नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ । चाइनिज ताइपेइ पनि आइतबार कुवेत पुगिसकेको छ ।

कुवेतसँग पहिलो खेलमा उसकै मैदानमा ७–० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १–० ले गुमाएको थियो । दशरथ रंगशाला पूर्न निर्माणको कार्य भइरहेको बेला न्यूट्रल भेन्यूका रुपमा नेपाल र कुवेतले भुटानमा खेलेका थिए । छनोटको अन्य अवे खेलमा चाइनिज ताइपेलाई अन्जन विष्टको २ गोलमा २–० ले हराएको नेपालले अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को पराजय भोगेको थियो ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.