default_image

3 years ago

June 1, 2021

डिफेन्डर गार्सिया बार्सिलोना फर्किए

एजेन्सी – स्पेनिस डिफेन्डर एरिक गार्सिया इंग्लिस क्लब म्यानचेस्टर सिटी छोड्दै औपचारिक रुपमा आफ्नो पुरानो क्लब बार्सिलोना फर्किएका छन् । गार्सियाले बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गरेका छन् । उनको रिलिज क्लब ४ सय मिलियन युरो तोकिएको छ । गार्सिया सन् २०१७ मा बार्सिलोना छाडेर सिटी पुगेका थिए । उनले पछिल्लो समय सिटीमा नियमित अवसर […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस डिफेन्डर एरिक गार्सिया इंग्लिस क्लब म्यानचेस्टर सिटी छोड्दै औपचारिक रुपमा आफ्नो पुरानो क्लब बार्सिलोना फर्किएका छन् ।

गार्सियाले बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गरेका छन् । उनको रिलिज क्लब ४ सय मिलियन युरो तोकिएको छ । गार्सिया सन् २०१७ मा बार्सिलोना छाडेर सिटी पुगेका थिए । उनले पछिल्लो समय सिटीमा नियमित अवसर पाएपनि बार्सिलोना फर्कने निर्णय गरेका हुन् ।

२० वर्षीय डिफेन्डर युरोपेली च्याम्पियनसिपका लागि स्पेनको राष्ट्रिय टोलीमा पनि समेटिएका छन् । उनले गत सेप्टेम्बरमा डेब्यु गरेका थिए । सन् २००८ मा बार्सिलोनाको एकेडेमीमा आबद्ध उनले सिनियर टोलीमा स्थान बनाउन कठिन देखेपछि क्याटलान क्लब छाडेका थिए ।

बार्सिलोनाले सोमबार मात्र अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोलाई भित्र्याएको थियो । उनले क्लबसँग २ वर्षको सम्झौता गरेका छन् । अगुएरो र गार्सिया दुवै फ्री ट्रान्सफरमा बार्सिलोना पुगेका हुन् ।

गार्सियाका बारेमा जान्नुपर्ने १० तथ्य :

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.