default_image

3 years ago

June 2, 2021

एन्सेलोटी रियल म्याड्रिडको मुख्य प्रशिक्षक

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन कार्लाे एन्सेलोटीलाई आफ्नो क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको रियलको मुख्य प्रशिक्षकको पदको लागि थुप्रै प्रशिक्षकको नाम चर्चामा रहेपनि रियलले आफ्नो पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । रियल र एन्सेलोटीबीच ३ वर्षको […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन कार्लाे एन्सेलोटीलाई आफ्नो क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

जिनेदिन जिदानले प्रशिक्षकबाट राजीनामा दिएपछि रिक्त रहेको रियलको मुख्य प्रशिक्षकको पदको लागि थुप्रै प्रशिक्षकको नाम चर्चामा रहेपनि रियलले आफ्नो पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब एभर्टनका एन्सेलोटीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । रियल र एन्सेलोटीबीच ३ वर्षको सम्झौता भएको छ । जस अनुसार उनी २०२४ सम्म रियलमा हुनेछ । नको सम्झौता मंगलबारबाट नै लागु भएको छ ।

मासिमिलियानो एलेग्रीको नाम चर्चामा रहेपनि उनी इटालियन क्लब युभेन्टसको प्रशिक्षक बनिसकेका छन् । रियलको प्रशिक्षक बन्ने पङ्तिमा इन्टर मिलानबाट राजीनामा दिएका एन्टेनियो कोन्टे, पीएसजीका मौरिसियो पोचेटिनो, रियलकै ‘बी’ टिमका राहुल गोन्जालेज ब्लान्को र रियस सोसिडाडका ‘बी’ टिमका तथा रियलकै पुर्व मिडफिल्डर जाभी अलन्सो रहेका थिए ।

एन्सेलोटीले २०१५ मा रियल छाडेका थिए । उनी २०१३ मा पीएसजीबाट रियल पुगेका थिए । दुई वर्षको म्याड्रिड बसाईमा उनले रियलबाट २०१४ मा च्याम्पियन्स लिग, कोपा डेल रे, सुपर कोपा र फिफा क्लब विश्वकप जितेका छन् । इटालियन क्लब एसी मिलानका पुर्व खेलाडी तथा प्रशिक्षक रहेका ६१ वर्षीय एन्सेलोटीले रेगजियाना, पर्मा, युभेन्टस, चेल्सी, पीएसजी, बायर्न म्युनिख र नेपोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.