default_image

3 years ago

June 2, 2021

भाज्केज रियलमै रहने

एजेन्सी – स्पेनिस मिडफिल्डर तथा राइट ब्याक लुकास भाज्केज रियल म्याड्रिडमै रहने भएको छन् । सम्झौता अवधि सकिनै लाग्दा रियल र भाज्केजबीच ३ वर्षको सम्झौता नविकरण भएको छ । यससँगै उनी २०२४ सम्म रियलमै रहने भएको छ । भाज्केजको सम्झौता यही जुनको अन्त्यसँगै सकिने थियो । तर रियल र भाज्केजबीच सम्झौता नविकरण भएको हो । […]

72 views

0 Bookmark

एजेन्सी – स्पेनिस मिडफिल्डर तथा राइट ब्याक लुकास भाज्केज रियल म्याड्रिडमै रहने भएको छन् । सम्झौता अवधि सकिनै लाग्दा रियल र भाज्केजबीच ३ वर्षको सम्झौता नविकरण भएको छ ।

यससँगै उनी २०२४ सम्म रियलमै रहने भएको छ । भाज्केजको सम्झौता यही जुनको अन्त्यसँगै सकिने थियो । तर रियल र भाज्केजबीच सम्झौता नविकरण भएको हो । यो सिजन रियलमा सम्झौता नविकरण हुने उनी दोस्रो खेलाडी हुन् । यसअघि लुका मोड्रिचको रियलमा सम्झौता नविकरण भएको थियो ।

रियल म्याड्रिडकै उत्पादन २९ वर्षीय भाज्केजले चोट बोक्नुअघि रियलमा राइट ब्याक र राइट विंगको रुपमा रियलमा उत्कृष्ट सिजन बिताएका थिए । उनले चोट बोकेपछि ला लिगाको अन्तिम खेलहरु गुमाएका थिए । बार्सिलोनाविरुद्धको एल क्लासिकोका दौरान उनलाई चोट लागेको थियो ।

रियलको एकेडेमीका उत्पादन रहेका भाज्क्वेजले पहिला देखि नै क्लबमा रहन चाहेको बताएका थिए । उनी २०१५ देखि रियलको सिनियर टोलीमा रहेका छन् । उनले २०१४–१५ मा एक सिजन लोनमा इस्पान्योलमा बिताएका थिए । उनले रियलको लागि २४० खेल खेल्दै २६ गोल गरेका छन् ।

उनले रियलबाट दुई पटक ला लिगा, तीन पटक च्याम्पियन्स लिग, तीन पटक फिफा क्लब विश्वकप र समान दुई पटक सुपर कोपा र युइएफए सुपर कप जितेका छन् । अब उनले नयाँ प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा खेल्नेछन् । रियलले मंगलबार साँझ मात्रै एन्सेलोटीलाई दोस्रोपटक रियलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.