default_image

3 years ago

June 2, 2021

युवा फरवार्ड जियाकोमो इटालीको टोलीमा

एजेन्सी – युवा फरवार्ड जियाकोमो रास्पाडोरीलाई समेट्दै आसन्न युरोकप २०२० का लागि इटालीको अन्तिम टोली घोषणा भएको छ । युरोकपमा लागि जुन १ सम्म सहभागी टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्ने प्रावधान अनुसार मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीले मंगलबार राति टोली घोषणा गरेका हुन् । जसमा उनले ससुलोका २१ वर्षीय जियाकोमो रास्पाडोरीलाई आश्चर्यजनक रुपमा समावेश […]

50 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड जियाकोमो रास्पाडोरीलाई समेट्दै आसन्न युरोकप २०२० का लागि इटालीको अन्तिम टोली घोषणा भएको छ । युरोकपमा लागि जुन १ सम्म सहभागी टोलीले २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसक्नुपर्ने प्रावधान अनुसार मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीले मंगलबार राति टोली घोषणा गरेका हुन् ।

जसमा उनले ससुलोका २१ वर्षीय जियाकोमो रास्पाडोरीलाई आश्चर्यजनक रुपमा समावेश गरेका छन् । प्रशिक्षक मान्सिनीले यसअघि प्रारम्भिक चरणमा छानिएका ३३ जनाबाट मान्सिलीले २८ जना छानेका थिए । त्यसमा रास्पाडोरी समावेश थिएनन् । तर अन्तिम टोली घोषणा गर्दा यी अनक्याप्ड युवा फरवार्ड टिममा अटाए भने जियानलुका मान्सिनी, माटियो पेसिना, माटियो पोलिटानो अन्तिम टोलीमा पर्न सकेनन् ।

२१ वर्षीय जियाकोमोले इटालीको उमेर समूह यु–१७, यु–१९, यु–२० र यु–२१ बाट इटालीको प्रतिनिधित्व गरिसकेका छन् । उनले यु–२१ बाट ७ खेलमा ३ गोल गरेका छन् । यो सिजन ससुलोबाट २८ खेलमा उनले ६ गोल गरिसकेका छन् ।

समूह ए मा रहेको इटालीले उद्घाटन खेलमा रोममा टर्कीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि इटलीले जुन ४ मा चेक रिपब्लिकसँग अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ । मे २८ मा भएको मैत्रीपूर्ण खेलमा इटलीले सानमारिनोलाई ७–० ले पराजित गरेको थियो । युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपको विभिन्न ११ देशमा आयोजना हुँदैछ ।

इटालीको २६ सदस्यीय टोली

गोलकिपर – जियानलुजी डोनारुम्मा, एलेक्स मेरेट, साल्भाटोर सिरिगु

डिफेन्डर – फ्रान्सेस्को असेर्ब, अलेसान्द्रो बास्टोनी, लियोनार्दो बोनुची, जर्जिओ किलिएनी, जियोभानी डि लोरेन्जो, इमर्सन, एलेसान्द्रो फ्लोरेन्जी, लियोनार्दो स्पिनाजोला, राफाएल टोलोई

मिडफिल्डर – निकोलो बरेला, ब्राएन क्रिस्टान्टे, जर्जिन्हो, मानुएल लोकाटेली, लोरेन्जो पेलेग्रिनी, स्टेफानो सेन्सी, मार्को भेराट्टी

फरवार्ड – आन्द्रे बेलोट्टी, डोमेनिको बेरार्डी, फेडेरिको बर्नार्डेसी, फेडेरिको चिइसा, सिरो इमोविल, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पाडोरी

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.