default_image

3 years ago

June 2, 2021

ब्राजिलियन इमर्सन बार्सिलोनामा अनुबन्धित

एजेन्सी – ब्राजिलियन डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । नयाँ सिजनमा क्याटलान क्लब बार्सिलोनाको यो तेस्रो अनुबन्ध हो । बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो र स्पेनिस डिफेन्डर एरिक गार्सियालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरिसकेका छन् । नयाँ अध्यक्ष जोन लापोर्टाले इमर्सनलाई तेस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो […]

49 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन डिफेन्डर इमर्सन रोयल क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । नयाँ सिजनमा क्याटलान क्लब बार्सिलोनाको यो तेस्रो अनुबन्ध हो ।

बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो र स्पेनिस डिफेन्डर एरिक गार्सियालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरिसकेका छन् । नयाँ अध्यक्ष जोन लापोर्टाले इमर्सनलाई तेस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

बार्सिलोनाले राइट ब्याक इमर्सनलाई ला लिगा क्लब रियल बेटिसबाट ९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनको सम्झौता १ जुलाईबाट लागु हुनेछ । सम्झौता अनुसार बार्सिलोनाले इमर्सनलाई कुनै पनि समय बेचेको अवस्थामा रियल बेटिस २० प्रतिशत बोनस रकम प्राप्त गर्नेछन् ।

२२ वर्षीय इमर्सन २०१९ जनवरीमा ब्राजिली क्लब एट्लेटिको मिनेइरोबाट बार्सिलोनामा नै अनुबन्धित भएका थिए । दुई सिजन लोनमा बेटिसमा बिताएपनि उनी नोउ क्याम्प फर्किएका हुन् । रियल बेटिसमा लगातार उच्च प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई क्लबमा फर्काएको हो । इमर्सनले रियल बेटिसमा ७९ खेलमा ५ गोल गर्दा १० असिस्ट दिएका थिए ।

स्पेनिस ला लिगाको दुई सिजनको प्रतिस्पर्धामा इमर्सन सर्वाधिक असिस्ट दिने चौथो खेलाडी बनेका थिए । जोडी अल्वाले २०, जेसस नाभासले १६, काइरन ट्रिपिएरले ११ असिस्ट दिदा उनले १० असिस्ट दिएका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.