default_image

3 years ago

June 5, 2021

सिटीका डियासले जिते ‘प्लेयर अफ दि सिजन’ अवार्ड

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका पोर्चुगिज डिफेन्डर रुवेन डियास प्लेयर अफ दि सिजन चुनिएका छन् । प्रिमियर लिगको प्लेयर अफ दि सिजन अवार्ड जित्ने क्रममा डियासले आफ्नै सहकर्मी केभिन डि ब्रुयन र टोटेनहमका ह्यारी केनलाई पछि पारे । म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुनो फर्नान्डेस, एस्टन भिल्लाका ज्याक ग्रेयासिल, वेस्ट ह्यामका थोमस सौसेक, चेल्सीका मासन माउन्ट […]

106 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका पोर्चुगिज डिफेन्डर रुवेन डियास प्लेयर अफ दि सिजन चुनिएका छन् । प्रिमियर लिगको प्लेयर अफ दि सिजन अवार्ड जित्ने क्रममा डियासले आफ्नै सहकर्मी केभिन डि ब्रुयन र टोटेनहमका ह्यारी केनलाई पछि पारे ।

म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुनो फर्नान्डेस, एस्टन भिल्लाका ज्याक ग्रेयासिल, वेस्ट ह्यामका थोमस सौसेक, चेल्सीका मासन माउन्ट र लिभरपुलका फरवार्ड मोहम्मद सलाह पनि सुचीमा रहेका थिए । प्लेयर अफ दि सिजन जित्ने डियास चौथो डिफेन्डर हुन् । यसअघि म्यानचेस्टर युनाइटेडका नेमान्जा भिडिक, सिटीकै पुर्व कप्तान भिन्सेन्ट कोम्पनी र लिभरपुलका भर्जिल भान डाइकले यो अवार्ड हात पारेका थिए ।

यस्तै उनी प्लेयर अफ दि सिजन जित्ने दोस्रो पोर्चुगिज खेलाडी बने । यसअघि क्रिस्टियानो रोनाल्डोले २००६–०७ र २००७–०८ को सिजनमा यो उपाधि जितेका थिए । उनले गत महिना फुटबल राइटर्स एसोसिएसनबाट पनि प्लेयर अफ द सिजन अवार्ड हात पारेका थिए ।

यसै सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट ६५ मिलियन पाउन्डमा सिटी आएका २४ वर्षीय डियासले उत्कृष्ट सिजन व्यतित गरेका थिए । उनकै उत्कृष्ट डिफेन्सको कारण सिटीले १२ अंकको अग्रता लिँदै प्रिमियर लिग च्याम्पियन बन्न सफल भएको थियो । सिटीले १५ खेलमा क्लिन सिट राख्दा उनले ३२ खेल खेलेका थिए । डियास र इंग्लिस डिफेन्डर जोन स्टोन्सको साझेदारीमा मात्रै ३२ गोल खाएको थियो ।

सिटीले कारवाओ कप जित्दा उनी टोलीका सदस्य रहेका थिए । तर, च्याम्पियन्स लिगमा उनको टोली निराश बन्न पुगेको थियो । यो अवार्ड समर्थकको मत, प्रिमियर लिगका २० क्लबका कप्तान र फुटबल एक्सपर्ट प्यानलबाट विजेता छान्ने गरिन्छ ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.