default_image

3 years ago

June 7, 2021

बेल्जियमले क्रोएसियालाई हरायो

39 views

0 Bookmark

एजेन्सी – फिफा वरियताको शीर्षस्थानमा रहेको बेल्जियमले युरोकप अघिको तयारी खेलमा विश्व उपविजेता क्रोएसियालाई पराजित गरेको छ ।

इटालियन च्याम्पियन इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुको एकमात्र गोल सहयोगमा घरेल टोली बेल्जियमले क्रोएसियामाथि १–० को जित निकालेको हो ।

ब्रुसेल्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियमको जितमा लुकाकुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३८औं मिनेटमा क्रोएसिएन डिफेन्डरले क्लियर गर्न नसकेको बललाई जाली चुमाएका थिए । लुकाकुले गोल गर्नुअघि ड्रिएस मेर्टिन्स र लुकाकुकै हेडर क्रसबारमा लागेर फर्किएको थियो ।

अब बेल्जियम र क्रोएसिया युरोकपमा होमिनेछ । समूह ‘बी’ मा रहेको बेल्जियमले युरोकपमा १३ जुनमा रसिया, १७ जुनमा डेनमार्क र २२ जुनमा फिनल्यान्डसँग खेल्दैछ । यस्तै समूह ‘डी’ मा रहेको क्रोएसियाले १३ जनुमा इंग्ल्यान्ड, १८ जुनमा चेक रिपब्लिक र २३ जनुमा स्कटल्यान्डको सामना गर्नेछ ।

यस्तै अर्काे खेलमा रियाद महारेजको गोलमा अल्जेरियाले मालीलाई १–० ले पराजित गरेको छ । अष्ट्रिया र स्लोभाकियाले गोलरहित बराबरी खेलेका छन् ।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

Success

Thank you for your time.