default_image

3 years ago

June 7, 2021

रासफोर्डको गोलमा इंग्ल्यान्डको जित

45 views

0 Bookmark

एजेन्सी – युरोकप अघिको अन्तिम तयारी खेलमा इंग्ल्यान्डले रोमानियालाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले रोमानियालाई १–० ले पराजित गरेको हो ।

घरेलु टोलीको जितमा कप्तान मार्कुस रासफोर्डले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । बल पोसेसनमा पकड बनाएको इंग्ल्यान्डको गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

सब्सिच्युट डिफेन्डर कापुसाले पेनाल्टी बक्समा ज्याक ग्रेयालिसलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसलाई टोलीको कप्तानी गरिरहेका रासफोर्डले चुकाएनन् । त्यसको १० मिनेटपछि इंग्ल्यान्डको अर्काे पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन ।

मानियाका कप्तान भ्लाड चिरिचेसले ग्रेयालिस र डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि इंग्ल्यान्डले दोस्रो पेनाल्टी पाएको थियो । तर जोर्डन हेन्डरसनको पेनाल्टीलाई रोमानियाका गोलरक्षक फ्लोरिन निताले बचाउँदै इंग्ल्यान्डको अर्काे गोल टारे । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्डले जित निकाल्न सफल भयो ।

गत अक्टोवरमा बेल्जियमसँग १–० को हारपछि इंग्ल्यान्डको यो शतप्रतिशत छैटौ जित हो । यसक्रममा इंग्ल्यान्डले आइसल्यान्ड, सान मारिनो, अल्वानिया, पोल्यान्ड र अष्ट्रियालाई पराजित गरेको छ । अब युरोकपमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले १३ जुनमा क्रोएसिया, १९ जुनमा स्कटल्यान्ड र २३ जुनमा चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ ।

गत मार्चमा विश्वकप छनोटमा नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेयता रोमानियाको यो लगतार चौथो हार हो । यसक्रममा रोमानियाले जर्मनी, अर्मेनिया र जर्जियासँग हार बेहोरेको छ । युरोकपमा छनोटमा पर्न असफल रोमानियाले अब आगामी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछ ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.