default_image

3 years ago

June 7, 2021

नेदरल्यान्ड्सको प्रभावशाली जित

124 views

0 Bookmark

एजेन्सी – युरोकपको उपाधि दावेदार नेदरल्यान्ड्सले अभ्यास तथा तयारी खेलमा जर्जियमाथि प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले जर्जियालाई ३–० को पराजित गरेको हो ।

आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, वाउट वेगह्रस्ट र रायन ग्राभेनवर्चले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो ।

खेलको १०औं मिनेटमा नै मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लासा डिभालीले पेनाल्टी बक्समा डेन्जेल डुमफ्राइसलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले डच टोलीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डिपाए चुकेनन् ।

५५औं मिनेटमा वाउट वेगह्रस्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे । ७६औं मिनटमा रायन ग्राभेनवर्चले गोल गर्दै नेदरल्यान्ड्सलाई प्रभावशाली जित दिलाउँदै युरोकपको लागि तयार रहेको संकेत दिएका छन् ।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले १४ जुनमा युक्रेन, १८ जुनमा अष्ट्रिया र २१ जुनमा नर्थ म्यासेडोनियाको सामना गर्नेछ । यता युरोकपमा स्थान बनाउन असफल जर्जियाले अब सेप्टेम्वरमा विश्वकप छनोटका खेल खेल्नेछन् ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.