default_image

3 years ago

June 7, 2021

मंगोलियाद्वारा किर्गिस्तान स्तब्ध

74 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत सोमबार भएको खेलमा मंगोलियाले किर्गिस्तानलाई स्तब्ध पारेको छ । घरेलु मैदानमा मंगोलियाले कोरोना संक्रमणले निकै प्रभाव परेको किर्गिस्तानलाई १-० ले हराएको हो ।

फिफा वरियतामा मंगोलिया १ सय ९२ औं स्थानमा तथा किर्गिस्तान ९९ औं स्थानमा रहेको छ । किर्गीस्तान एसिया तर्फ भने १७ औं स्थानमा छ । कोरोना संक्रमणका कारण टोलीका अधिकांश खेलाडी र प्रशिक्षण टोलीको साथ गुमाएको किर्गिस्तानले डिफेन्डरलाई गोलरक्षकको भूमिकामा खेलाएको थियो । टोलीका सबै गोलरक्षक आइसोलेसनमा रहेपछि डिफेन्डर ऐजार अक्मातोभले गोलरक्षकका रुपमा खेलेका थिए ।

मंगोलियाले खेलको ३४ औं मिनेटमा ओयुन्बतार मिजिदोर्जको गोलमा अग्रता लिएको थियो । कप्तान आयुष खुरेलबतारको फ्रिकिकमा ओयुन्बतारको हेडर डीफ्लेक्ट हुँदै गोलरक्षक अक्तामोभलाई बिट गर्न सफल भएको थियो । त्यसको केहीबेरमा नै किर्गिस्तानका गुल्झिगित अल्य्कुलोभको प्रहार फितलो हुँदा खेलमा मंगोलियाको अग्रता कायम नै रहयो ।

यसै समूहको अर्को खेलमा जापानले ताजिकिस्तानलाई ४-१ ले पराजित गर्दै शत प्रतिशत नतिजालाई कायम राख्यो । जापानको ७ खेलमा २१ अंक छ भने ताजिकिस्तान १० अंक सहित दोस्रो स्थानमा छ । किर्गिस्तान ७ अंकसहित तेस्रो स्थानमा रहँदा म्यानमार र मंगोलियाको समान ६-६ अंक छ ।

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

May 6, 2024

महिला फुटबल टोलीलाई एनआइसी एसियाको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिपमा दोस्रो भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । बैंकले सोमबार महिला टोलीका २३ खेलाडी र अफिसियल गरि ३१ जनालाई जनही २५ हजार रुपैयाँले सम्मान गरेको हो । बैंकले टोलीलाई रात्री भोज पनि दिएको थियो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ […]

Success

Thank you for your time.