default_image

3 years ago

June 8, 2021

सुनिलले मेस्सीलाई पछि पारे

95 views

0 Bookmark

एजेन्सी – भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई गोलसंख्यामा पछि पारेका छन् ।

३६ वर्षीय सुनिलको दुई गोलको मदतले भारतले विश्वकप छनोटमा सोमबार बंगलादेशमाथि २-० को जित दर्ता गरेको थियो । यससँगै उनको गोल संख्या ७४ पुगेको छ । उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्तामा दोस्रो स्थानमा पुगेका छन् । उनीभन्दा क्रिस्टियानो रोनाल्डो १ सय ३ गोलसहित अघि छन् । अर्जेन्टिनी कप्तान मेस्सीले भने बिहिबार चिलीविरुद्ध गोल गर्दै गोलसंख्या ७२ पुर्याएका थिए ।

समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहासमा भने सुनिल ११ औं स्थानमा छन् । उनीभन्दा अघि हंगेरीका सान्दोर कोच्सिस, कपानका कुनिशिगे कमामोतो र कुवेतका बशार अब्दुल्लाह ७५ गोलसहित छन् । सुनिलभन्दा पछि यूएईका अलि मब्खोउटले ७३ गोल गरेका छन् । समग्रमा इरानका अलि दाइ १ सय ९ गोलसहित शीर्ष स्थानमा छन् ।

अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत बुधबार कोलोम्बियाको सामना गर्दैछ । त्यसपछि कोपा अमेरिकामा पनि मेस्सीलाई गोलसंख्या बढाउने अवसर छ । यता भारतले अर्को साता अफगानिस्तानको सामना गर्दै सुनिललाई पनि गोलसंख्या बढाउने अवसर हुनेछ । यूएईले अर्को साता इन्डोनेसिया र भिएतनामसँग खेल्ने तालिका रहेकाले मब्खोउटले पनि आफ्नो गोलसंख्या बढाउनेछन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सक्रिय फुटबलर :

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – १ सय ३ गोल (१ सय ७४ खेल)

सुनिल क्षेत्री (भारत) – ७४ गोल (१ सय १७ खेल)

अलि मब्खोउट (यूएई) – ७३ गोल (९० खेल)

लिओनेल मेस्सी (अर्जेन्टिना) – ७२ गोल (१ सय ४३ खेल)

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) – ६६ गोल (१ सय १८ खेल)

लुइस सुआरेज (उरुग्वे) – ६३ गोल (१ सय १७ खेल)

ज्लाटन इब्राहिमोभिच (स्विडेन) – ६२ गोल ( १ सय १८ खेल)

रोमेलु लुकाकु (बेल्जियम) – ६० खेल (९३ खेल)

एडिन जेको (बोस्निया एण्ड हर्जगोभिना) – ५९ खेल (१ सय १४ खेल)

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.